बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

रुसी हमलामा १३६ सर्वसाधारण मारिए : राष्ट्रसंघ

बुधबार, १८ फागुन २०७८, १२ : ५१
बुधबार, १८ फागुन २०७८

बिहीबारदेखि रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १३६ सर्वसाधारण मारिएको राष्ट्रसंघले जनाएको छ । मारिनेमा १३ बालबालिका पनि छन् । सो हमलामा ४०० जना घाइते भएका छन् ।  

राष्ट्रसंघको मानव अधिकारसम्बन्धी उच्च आयोगका प्रवक्ता लिज थ्रोसेलले युद्धमा मृत्यु हुनेको संख्या त्योभन्दा बढी हुने बताएका छन् । भारी तोपको गोलाबारी, हवाई हमला र विस्फोटक पदार्थका कारण अधिकांश हताहत भएको थ्रोसेलले बताए ।  तर, युक्रेन सरकारले सार्वजनिक गरेको तथ्यांकमा भने ३५२ सर्वसाधारणको मृत्यु र १६८४ जना घाइते भएको उल्लेख छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप