शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डीएसएलआर भर्सेस सामसङ एस२२

बुधबार, १८ फागुन २०७८, १२ : ४६
बुधबार, १८ फागुन २०७८

प्रणयरत्न स्थापित
निर्देशक, सामसङ नेपाल

सामसङ नेपालले हालैमात्र नेपाली बजारमा एस सिरिजको नयाँ फोन ‘सामसङ ग्यालेक्सी एस२२’ ल्याएको छ । सामसङ एस२२ सिरिजमा एस२२, एस२२ प्लस र एस२२ अल्ट्रा गरी तीन मोडल सार्वजनिक गरिएको हो । पहिलोपटक ‘एस सिरिज’मा फोर नानोमिटरको प्रोसेसर चिप्स प्रयोग गरेको कम्पनीले यो हालसम्मकै उत्कृष्ट र आकर्षक फोन रहेको दाबी गरेको छ । यसले फोनलाई निकै उत्कृष्ट र प्रिमियम समेत बनाएको कम्पनीको दाबी छ । यस्तै, सामसङले एस सिरिजमा पहिलो पटक फोनमै बेल्ट इन स्पेन उपलब्ध गराएको छ, जुन यसअघि एस सिरिजमा यस्तो सुविधा उपलब्ध थिएन । 

नाइट्रोग्राफी क्यामेरा, उत्कृष्ट प्रोसेसर, मजबुत र आकर्षक गोरिल्ला ग्लास, न्यू आल्मुनियम हाडवेयर लगायतले फोनलाई विशेष बनाएको छ । गत बुधबारमात्र नेपाली बजारमा सार्वजनिक गरिएको यस्तो फोन अहिले कम्पनीले धमाधम बुकिङ समेत लिइरहेको छ । प्रि–अडर २३ फेब्रुअरीदेखि सुरु भएर ९ मार्चसम्म जारी रहने कम्पनीले जनाएको छ । यद्यपि, ग्राहकहरूको तीव्र भिडका कारण बुकिङ्ग खुल्ला भएको एक करिब एक हप्तामा नै बुकिङ बन्द गर्नु परेको कम्पनीले बताएको छ । सामसङका लागि नेपालस्थित सामसङ कार्यालयका निर्देशक प्रणयरत्न स्थापितले ग्यालेक्सी एस२२ बारे दिएको जानकारी:

सामसङ एस सिरिज भन्ने वित्तिकै उत्कृष्ट फोन भन्ने बुझिन्छ । यसै पनि प्रिमियम क्लासमा जहिले पनि उपभोक्ताको माग र अपेक्षा अझ के भन्ने हुन्छ । यसलाई सम्बोधन गर्दै सामसङले पछिल्लो पटक बजारमा सामसङ एस२२ सिरिजमा नवीन उत्पादन ल्याएको छ, जुन प्रिमियम डिभाइस हो । उच्च गुणस्तरको क्यामेरा, उत्कृष्ट प्रोसेसर तथा मजबुत र आकर्षक हाडवर्यरले थप फोनलाई विशेष बनाएको छ । 

सामसङ पारखीहरूको तीव्र प्रतिक्षाबीच गत बुधबारमात्र हामीले एस२२ सिरिजका तीनवटा मोडल एस२२, एस२२ प्लस र एस२२ अल्ट्रा अनावरण गरेका छौं । ग्राहकहरूको तीव्र आर्षण र मागकाबीच बुकिङ्ग खुल्ला गरेको ४–५ दिनमा नै फुलफिल भएको छ । हामी निकै उत्साहित छौं ।

विशेषता

यो कुरा भनिरहन नपर्ला कि टेक्नोलोजीको सन्दर्भमा सामसङ विश्व बजारमा नेतृत्वदायी कम्पनी हो । त्यसभित्र पनि मोबाइल भन्नासाथ निश्चय नै एस सिरिज पर्छ । पछिल्लो जुन एस२२ फोन छ: यसमा नवीन प्रविधिमा आधारित क्यामेरा, प्रोसेसर भनौं या अन्य इनोभेसनहरूमा उच्चता प्रदान गरिएको छ । त्यसैले पनि सबैको चासो र प्रतीक्षा सामसङ एस सिरिजमा नै हुनेगर्छ ।

यस पटक सामसङले एस सिरिजमा कस्तो खालको टेक्नोलोजी ल्याएको छ, थप फिचर्स केछ ? भन्ने खोजी हुन्छ । यो नेपालमा मात्र नभएर विश्वभर नै रहनेगर्छ । सामसङ एस२२ कै विशेषताको कुरा गर्दा मैले अघि पनि भनेँ–यो एउटा प्रिमियम डिभाइस हो । एसमा निकै पावरफूल प्रोसेरको प्रयोग गरिएको छ भने प्रोफेसन फिचर्स जस्तो विशेषगरी क्यामेरा, स्क्रीन लगायतका टेक्नोलोजीहरू रहेका छन् । विशेषतः यो फोनको महत्त्वपूर्ण र छुटाउनै नहुने पक्ष भनेको क्यामेरा नै हो । सामसङले एस२२ मा नाइट्रोग्राफी क्यामेरा उपलब्ध गराएको छ । यसको मतलब रातको समयमा पनि लो–लाइट कन्डिसनमा समेत क्यामेरामा भएको उच्च टेक्नोलोजीले उत्कृष्ट र क्लियर फोटो÷भिडियो पाउनसक्छौं । डीएसएलआर क्यामेरा बराबरको क्वालिटी पाउनसक्छौं ।

अर्को पक्ष: एस२२ मा क्यामेराको स्टेबलाइजेसनसमेत रहेको छ । हिँड्दाहिँड्दै वा गाडी तथा प्लेनमा यात्रा गर्दासमेत बाहिरको दृश्य लिँदा कुनै समस्या पर्दैन । फोटो÷भिडियो हल्लिने, तलमाथि हुने वा धमिलो आउने हुँदैन । 

विशेषगरी एस२२ मा प्रोगेटको क्यामेरा उपलब्ध छ, जसले गर्दा प्रोफेसन फोटो तथा भिडियो सुटमा डीएसएलआरको जस्तो टर्स एण्ड स्पीड कन्ट्रोल गर्ने, वाइड व्यालेन्सहरू कन्ट्रोल गर्ने सबैखाले सेवा सुविधा यो फोनमा नै उपलब्ध छ । सामसङ एस२२ लाई प्याकेज अफ डीएसएलआर नै भन्न सकिन्छ । जसले क्यामेराको मामलामा डीएसएलआरलाई नै भुलाउनेछ । 

यस्तै, कम्पनीले पहिलो पटक एस२२ मा फोर नानोमिटरको प्रोसेसर चिप्सको प्रयोग गरेको छ, जसले फोनलाई निकै स्मुथ र प्रिमियम समेत बनाएको छ ।
 

मूल्य:
सामसङ ग्यालेक्सी एस२२ तीन मोडलमा आएका छन् । सामसङ एस२२, एस२२ प्लस र एस२२ अल्ट्रागरी तीन मोडल रहेकोमा मोडल, स्टोरेज तथा प्रोसेसरको क्षमताका आधारमा बजार मूल्यसमेत फरक–फरक राखिएको छ ।

टप भेरियन्ट अफ एस२२ सिरिजमा एस२२ अल्ट्रा (१२÷५१२ जीबी) को नेपाली बजार मूल्य १ लाख ६९ हजार ९९९ रुपैयाँ तोकिएको छ भने १२÷२५६ जीबीको मूल्य १ लाख ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ । यी दुई क्षमतायुक्त मोबाइल बर्गन्डी, फ्यान्टम ब्ल्याक र हरियो रङमा उपलब्ध रहेको छ । 

यसैगरी एस २२ प्लस (८÷२५६ जीबी) को मूल्य १ लाख १२ हजार ९९९ रुपैयाँ तोकिएको छ भने एस२२ (८÷२५६ जीबी) क्षमतायुक्त मोबाइलको मूल्य १ लाख १२ हजार ९९९ रुपैयाँ तोकिएको छ । यी दुई क्षमताका मोबाइल फ्यान्टम ब्ल्याक, फ्यान्टम ह्वाइट र पिङ्क गोल्डमा उपलब्ध छन् ।

सेवासुविधा:

बुधबारमात्र सार्वजनिक भएको सामसङ एस२२ सिरिज बुकिङ्ग कम्पनीले धमाधम लिइरहेको छ । पहिलोपटक फोनमा इन्स्योरेन्सको (बीमा) को समेत व्यवस्था गरेको कम्पनीले फोन खरिदमा ग्राहकलाई विशेष उपहार तथा छुटको समेत व्यवस्था गरेको छ । यस्तै, कम्पनीले फोन खरिदमा ग्राहकहरूलाई मासिक किस्तावन्दी (ईएमआई)को सुविधा समेत प्रदान गरेको छ ।

सामसङ ग्यालेक्सी एस२२ अग्रिम बुकिङ आकर्षक उपहार योजनामा हामीले सामसङ बड्स२ (वायर लेस एयरफोन) फ्री दिएका छौं । अथवा अर्कोमा केही पैसा थपेर सामसङ ग्यालेक्सी वाच फोर (स्मार्ट वाच) लिन सकिने सुविधा समेत प्रदान गरिएको छ । 

यो बाहेक कम्पनीले फ्लाक्सिव प्रिमियम डिभाइसलाई शून्य प्रतिशत फाइनान्सिङ (ईएमआई) सुविधामा उपलब्ध गराउने योजनासमेत ल्याएको छ । ग्राहकले शून्य प्रतिशत ब्याजदरको किस्ताबन्दीमा ग्यालेक्सी एस२२ खरिद गर्न सक्नेछन् । यसका लागि कम्पनीले विभिन्न १३ वटा कमर्सियल बैंकसँग सहकार्य गरेको छ । ग्राहकहरूले मासिक ६ हजार ३०० रुपैयाँ किस्ताबन्दीमा नै एस२२ पाउन सक्नेछन् । 

यस्तै, कम्पनीले नेपालभरका केही छनोटमा परेका शोरुमहरूबाट पुराना फोनसँग नयाँ फोनको एक्सचेन्ज अफरसमेत चलाउने योजना बनाएको छ । यो बाहेक कम्पनीले समग्रमा प्रि–बुकिङ अडर लिने ग्राहकहरू मध्येबाट केही ग्राहकलाई ५० हजार रुपैयाँसम्मको नगद भौचर समेत उपलब्ध गराउनेछ । यसले उपभोक्ता ग्राहकहरूलाई निकै राम्रो अबसर प्रदान गर्ने हामीले विश्वास लिएका छौं ।
 
थप भिडियोमार्फत...
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप