पूँजीबजारबारे छलफल गर्दै अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले पूँजी बजारबारे छलफल कार्यक्रम आयोजना गरेका छन् । पूँजी बजारबारे भ्रमात्मक सूचना प्रवाह रोक्न, सरकारको सकारात्मक धारणा सार्वजनिक गर्न र नियामक दुई निकायमा नवनियुक्त प्रमुखहरुको धारणा लिन अर्थमन्त्रीले छलफल डाकेका हुन् ।
छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमाल र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीलाई पनि अर्थमन्त्री शर्माले मन्त्रालयमा डाकेका छन् ।
पूँजी निर्माण कसरी गर्ने, लगानीकर्ताको प्रतिफल सुनिश्चित गर्ने, आयोजनाहरूमा पूँजी बजारलाई कसरी संलग्न गराउने भन्नेमा आफू केन्द्रित रहेको उनले बताए । सेबोन र नेप्सेका प्रमुखहरुलाई पनि अर्थमन्त्रीले सुझाव दिएका छन् । नेप्से र सेबोनबीच आपसी तालमेल मिलाउन निर्देशन दिँदै उनले समस्या हटाउन पनि निर्देश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा सेभिया र मलोर्काले अंक बाँडे
-
ठेक्का अवधि सकियो तर सडक कालोपत्र भएन
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म