युक्रेनमाथि रुसको हमलाका लागि अमेरिका जिम्मेवार : उत्तर कोरिया

संयुक्त राष्ट्रमा उत्तर कोरियाका दूतले युक्रेनमाथि रुसको हमलाका लागि अमेरिकालाई जिम्मेवार देखाएको छ ।
यसका साथै उनले वासिङ्टनको आधिपत्यको नीतिले अन्य देशको सुरक्षालाई पनि खतरा पुर्याएको बताएका छन् ।
दक्षिण कोरियाको समाचार एजेन्सी योनहापले संयुक्त राष्ट्र महासभामा भएको आपतकालीन सत्रका बेला किम सङले यस्तो कुरा बताएका हुन् ।
मंगलबार यसै सत्रका बेला सङले भने, ‘अमेरिका र पश्चिमले रुसको सुरक्षाको प्रत्यायभूतिको मागको अवहेलना गरे । नेटोको पूर्वमा विस्तार गर्नका लागि हतियार प्रणाली तैनाथ गर्ने कोसिस अन्तर्गत युरोपको सुरक्षा वातावरणलाई व्यवस्थित रुपमा कमजोर गरिएको छ ।’
यसअघि २८ फेब्रुअरीमा उत्तर कोरियाको विदेश मन्त्रालयले एक बयान जारी गर्दै अमेरिकाको आधिपत्य नीतिलाई रुस–युक्रेन विवादका लागि जिम्मेवार ठहर गरेको थियो ।
यस्तै, संयुक्त राष्ट्रमा दक्षिण कोरियाका दूत चो ह्यूनले युक्रेन संघर्ष रुसले आफैंले छानेको युद्ध बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौसट्ठी वर्षमा पनि जाँगरिला ‘युक्ति’
-
गभर्नर नियुक्तिबारे प्रभु साहले उठाए उठाए प्रश्न
-
भारत–पाकिस्तान तनाव : मध्यपूर्वबाट नेपाल आउने जहाजको रुट लम्बियो, भाडा बढ्नसक्ने
-
महाकाली सिँचाइ तेस्रो चरणले गति लिँदै
-
कानुन दिवस कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्रीदेखि सभामुखसम्म (फोटोफिचर)
-
तस्बिरमा हेर्नुहोस् नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला