मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युक्रेन–रुस युद्धको प्रभाव : अमेरिकी तेलको मूल्य २०१३ पछिकै उच्च

बुधबार, १८ फागुन २०७८, १२ : ३९
बुधबार, १८ फागुन २०७८

अमेरिकी तेलको मूल्य २०१३ पछिकै उच्च भएको छ । विश्वव्यापी बेन्चमार्क ब्रेन्ट प्रति व्यारेल ११० डलर नाघेको हो ।  ओपेक र उसका तेल उत्पादक मित्रहरु अप्रिलको उत्पादनको बारेमा छलफल गर्न भेटघाटको तयारीमा रहेका छन् । अमेरिकी बेन्चमार्कको मूल्यमा प्रति ब्यारेल ५ प्रतिशतले वृद्धि भएर १०९.२३ डलर कायम भएको छ ।

ब्रेन्ट विश्वव्यापी बेन्चमाकमा ५.६ प्रतिशतको वृद्धि भएर ११०.८४ डलरमा कारोबार भएको छ । यो मूल्य २०१४ को जुुलाइ देखिकै उच्च हो । मंगलबारको कारोबार अवधिमा मूूल्य सम्झौतामा ७.१५ प्रतिशतले वृद्धि भएर प्रति ब्यारेल १०४.९७ डलर कायम भएको छ ।

‘यसमा कुनै राहात मिल्ने छैन । यो बजार र विश्व तथा आपूर्तिका लागि नाटकीय क्षण हो,’ अगेन क्यापिटलका साझेदार जोन किलडुफले बताए । दुवै अमरिकी र ब्रेन्ट कच्चा तेलको मूल्य गत बिहीबार २०१४ पछिकै उच्च अर्थात १०० डलरमाथि पुगेका थिए । पहिलेनै कसिलो रहेको बजारमा आपूर्ति श्रृंखलामा अवरोध आउन सक्ने तनावकाबीच तेलको मूल्यमा वृद्धि भएको हो । यदि तेल बजारले  प्रतिबन्धको बारेमा सोच्न थालेमा ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १२० डलरसम्म पुग्न सक्ने ओअन्डाका वरिष्ठ बजार विश्लेषक इड मोयाले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप