रुस–युक्रेन तनाव : चेल्सी बेच्ने तयारीमा अब्राहिमोविच ?

रुसी अर्बपति रोमन अब्राहिमोविचले प्रिमियर लिग फुटबल क्लब चेल्सी बेच्ने तयारी गरेका छन् । स्वीस व्यवसायी हान्सहोर्ग विसले आफूसहित केही व्यवसायीलाई चेल्सी किन्ने अफर आएको जानकारी दिएका हुन् ।
रुसले युक्रेनमाथि सैन्य कारबाही सुरु गरेपछि अब्राहिमोविच निकै दबाबमा रहेका छन् । पश्चिममा मुलुकहरूले रुसमा लगाएको प्रतिबन्धहरूका कारण अब्राहिमोविचले क्लबलाई बेच्ने निधोमा पुगेको बताइएको छ । अब्राहिमोविचले यसअघि चेल्सीको फाउन्डेन्सनले अनिश्चितकालका लागि क्लबको नेतृत्व लिने विज्ञप्तिमार्फत जारी दिइसकेका छन् ।
यता विसले भने आफूसहितका केही समूहले रुसी व्यवसायीसँग क्लब किन्ने प्रयास गरिरहेको जानकारी दिएका छन् । विस स्वीटजरल्याण्डमा जन्मिएका व्यवसायी हुन् । उनी हाल अमेरिकामा बस्दै आइरहेका छन् । उनी स्वास्थ्य उपकरण बनाउने सिन्थेस यूएसएका संस्थापक र पूर्व अध्यक्ष हुन् । ८६ वर्षीय व्यवसायीको सम्पत्ति ५ अर्ब डलर रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?