मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

काँग्रेसको जनसम्पर्क समितिद्वारा पोल्याण्डको मेडेकाबाट नेपालीको उद्दार

बुधबार, १८ फागुन २०७८, ११ : ५९
बुधबार, १८ फागुन २०७८

नेपाली काँग्रेस निकट जनसम्पर्क समिति पोल्याण्डले रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको उद्दारमा जुटेको छ । समितिका सभापति भीम परियारले युक्रेनबाट पोल्याण्डको सीमाना मेडेका पुगेका नेपालीलाई राजधानी वार्सातर्फ लगेका थिए ।

परियारले सीमामा पुगेका नेपालीलाई मंगलबार अपरान्ह राजधानी वार्सातर्फ बसमा लिएर गएका थिए । अहिलेसम्म युक्रेनमा रहेका २ सय ३२ जना नेपाली पोल्याण्ड पुगेका छन् । काँग्रेसको केन्द्रीय कार्यालयले पनि विदेशस्थिति जनसम्पर्क समितिलाई नेपालीको उद्दारमा जुट्न निर्देशन दिएको थियो ।

नेपालीको उद्दारमा समन्वय र सहजीकरण गरिरहेको जनसम्पर्क समितिसँग काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा नियमित सम्पर्कमा छन् । पोल्याण्डको बोर्डरमा समितिले हेल्पडेक्स स्थापन गरी नेपालीको व्यवस्थापन र उद्दारको काम गरिरहेको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेदेखि नै काँग्रेसले पोल्याण्डको बोर्डरमा रहेकाहरूसँग सम्पर्क गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप