बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न देशले प्रतिबन्ध लगाएपछि हजारौँ रुसी पर्यटक अलपत्र

बुधबार, १८ फागुन २०७८, ११ : ४०
बुधबार, १८ फागुन २०७८

विश्वभरी २७ हजार भन्दा बढी रुसी पर्यटक अलपत्र परेको समाचारमा जनाइएको छ । युरोपेली संघ (ईयू), क्यानडालगायतले युक्रेनमा गरेको आक्रमणको विरोधमा रुसी एयरलाइन्सलाई प्रतिबन्ध लगाएसँगै आफ्ना देशका नागरिक अलपत्र परेको रुसको ट्राभल एजेन्सी संघले जनाएको छ । 

ट्राभल एजेन्टहरूले यसको विकल्प फेला पार्ने प्रयास गरिरहेका छन् । केही संख्याका विमान सेवाहरुले युुरोपमा मात्रै नभई उत्तरी र मध्य अमेरिका जाने उडान समेत बन्द गरेका छन् ।
विभिन्न मुलुकहरुले मस्कोले युक्रेनमाथि आक्रमण गरेपछि रुसी विमानहरूका लागि हवाई मार्ग बन्द गरिरहेका छन् । अमेरिकाले पनि मस्कोका लागि आफ्नो हवाई मार्ग बन्द गरेको छ ।

‘अमेरिका र हाम्रा मित्रहरुले नेटो क्षेत्रको प्रत्येक इन्चको प्रतिरक्षा गर्ने छ , यो पनि हाम्रो सामूहिक शक्तिका साथ । युक्रेनीहरु पनि विशुद्ध साहसका साथ लडिरहेका छन् । पुटिनले युद्धको मैदानमा जित त हासिल गर्लान्, तर उनले दीर्घकालिन अवधिमा निरन्तर रुपमा ठूलो मूल्य चुकाउनु पर्नेछ,’ अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

यद्यपि उनले युक्रेनी भूमिमा रुसी सेनासँग अमेरिकाले नलड्ने बताएका छन् । तर पुटिनलाई पश्चिमतर्फ जानबाट रोक्न नेटो गठबन्धनले बल प्रयोग गर्ने उनले बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप