बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

त्रिशूली रिभरसाइड रिसोर्ट – एड्भेञ्चरको पूर्ण प्याकेज

बुधबार, १८ फागुन २०७८, ११ : २५
बुधबार, १८ फागुन २०७८

त्रिशूली रिभरसाइड रिसोर्टले त्रिशूली नदीमाथि स्काई साइक्लिङ सञ्चालनमा ल्याएको छ । रिसोर्टले करिब १ करोड रुपैयाँको लगानीमा नदीमाथि स्काई साइक्लिङ सञ्चालनमा ल्याएको हो ।
रिसोर्टका सञ्चालक उद्धव कँडेलले नेपालमै पहिलोपटक ‘क्रस रिभर’ स्काई साइक्लिङ सञ्चालनमा ल्याएको जानकारी दिए । यसअघि देशका अन्य स्थानमा स्काई साइक्लिङ सञ्चालनमा आएपनि ‘कपल’ साइक्लिङ पहिलोपटक सञ्चालनमा आएको उनको भनाइ छ ।

‘नदीमाथि नेपालकै पहिलो स्काई साइक्लिङ हो । यस्तै, अन्य स्थानमा सिंगल साइक्लिङ सञ्चालनमा रहेकामा हामीले कपल साइक्लिङ पनि सञ्चालनमा ल्याएका छौं,’ उनले भने, ‘स्काई साइक्लिङको व्यवसायिक सञ्चालन भने अबको केही सातापछि हुन्छ ।’ दुईतर्फी दूरी ३०० मिटर रहेको स्काई साइक्लिङ गर्न प्रतिव्यक्ति १०० रुपैयाँ र फोटो भिडियोका लागि थप ५०० रुपैयाँ लाग्ने बताइएको छ ।

रिसोर्टले यसअघि त्रिशूली नदीमाथि नै जीपलाइन सञ्चालनमा ल्याइसकेको छ । करिब १ करोड २५ लाख रुपैयाँको लगानीमा उक्त त्रिशूली नदीमाथि ‘रिभर क्रस जिपलाइन’ सञ्चालनमा आइसकेको कँडेलले जानकारी दिए । यसैगरी, निकट भविष्यमै त्रिशूली नदीमाथि ‘स्काई चेयर’ र ‘स्काई बेडरुम’ सञ्चालनमा ल्याउने समेत उनको भनाइ छ । नेपालमा स्काई चियर सञ्चालनमा आइसके पनि स्काई बेड रुम भने सञ्चालनमा नभएको उनले बताए ।

विगत एक दशकभन्दा बढी समयदेखि एड्भेञ्चर पर्यटनमा लागेका कँडेलले एडभेञ्चरको प्रडक्ट थप्न लागेको जानकारी दिए । उनको कम्पनीले देशका विभिन्न स्थानमा र्याफ्टिङ समेत सञ्चालन गर्दै आइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप