खारकिएभमाथि कब्जाको लडाईं सुरु, रुसका प्याराट्रुपर्स उत्रिए
युक्रेनको सेनाले रुसी प्याराट्रुपर्स खारकिएभमा उत्रिएको पुष्टि गरेका छन् । यो शहर पहिले नै रुसी सेनाले घेरेर राखेको छ ।
युक्रेनी सेनाका अनुसार खारकिएभ र यस आसपासको इलाकामा एयर रेड सायरन्सपछि हवाई हमला सुरु गरेका छन् ।
यो बयानमा बताइए अनुसार रुसी सैनिकले क्षेत्रीय सैन्य अस्पतालमा हमला गरेका छन् र लडाईं जारी छ ।
यो शहरमा धेरैजसो रुसी भाषा बोलिन्छ र पछिल्ला दिनमा युक्रेनमा सबैभन्दा बढी हिंसा खारकिएभमा नै देखिन्छ ।
मंगलबार एक सरकारी भवनमा मिसाइल हमला भएको थियो जसमा कार र आसपासका भवनलाई क्षती पुगेको थियो ।
मंगलबार नै दोस्रो हमला एक आवासीय भवनमा भएको थियो । युक्रेनी राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले यो हमलालाई युद्ध अपराध बताएका थिए ।
मंगलबार खारकिएभमा भएको हमलामा १७ जनाको मृत्यु भएको थियो जसमा एक भारतीय विद्यार्थी पनि समावेश थिए ।
केही विश्लेषकको अनुमानका अनुसार रुसविरुद्धको लडाईंमा युक्रेनलाई कमजोर बनाउन रुसले आवासीय क्षेत्रमा हमला गरिरहेका छन् ।
खारकिएभ, सुमी र मारियुपोल शहरमा रुसी हमलाको जवाफ युक्रेनी जवानले मज्जाले दिइरहेका छन् ।
खारकिएभमा भारी लडाईं भइरहेको छ र युक्रेनी जवान रुसी सेनासँग लडिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार