शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सुनसरीमा ट्रयाक्टरको ठक्करबाट वृद्धको मृत्यु

बुधबार, १८ फागुन २०७८, १० : ४१
बुधबार, १८ फागुन २०७८

सुनसरीको गढी गाउँपालिका–६ मझौस्थित रामजानकी मन्दिरको प्राङ्गणमा ट्रयाक्टरको ठक्करबाट गए राति एक वृद्धको मृत्यु भएको छ । ठक्करबाट स्थानीय ७० वर्षीय हरिलाल मगरदैता यादवको मृत्यु भएको हो । 

प्र१–०२–००३त १०३३ नंको ट्र्याक्टरले यादवलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप