युक्रेनको टेलिभिजन टावरमा रकेट हमला, पाँच जनाको मृत्यु
बुधबार, १८ फागुन २०७८, ०९ : १४
किभ–दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा परेका विवरण सार्वजनिक भएका छन् । रुसी सशस्त्र गाडी र सेनाले सडकमा गस्ती गरिरहेको स्थानीय सीसीटीभी भिडियोमा देख्न सकिन्छ ।
किभको उत्तरपश्चिबाट १५ माइल टाढादेखि रुसी बख्तरबन्दको लामले राजधानी किभ घुमिरहेको छ । आज नै देशको सबैभन्दा ठूलो टेलिभिजन टावरमा भएको रकेट हमलामा पाँच जनाको मृत्यु भएको छ । खारकिभमा रुसी सेनाले तोप हमलालाई तीव्र पारेका छन् ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको दोस्रो ठूलो सहरको मुख्य चोकमा मंगलबार भएको रकेट हमलालाई ‘खुलस्त आतंक’ भनेका छन् ।
‘कसैले पनि क्षमा दिँदैन् । खरकिभमा गरिएको हमला युद्ध अपराध हो,’ उनले भने । खरकिभमा भएका हमलामा कम्तिमा ११ जनाको मृत्यु र दर्जनौ घाइते भएको अधिकारीहरुले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार