काँग्रेस चितवनको अधिवेशन शुक्रबार, सभापतिका आकांक्षी आधा दर्जन
नेपाली काँग्रेस चितवनको जिल्ला अधिवेशन शुक्रबार हुने भएको छ । विगतमा पटक–पटक रोकिँदै आएको अधिवेशन हुने निश्चित भएको हो । काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले नारायणगढको नारायणी कला मन्दिरमा अधिवेशन हुने जानकारी दिए ।
उनका अनुसार अधिवेशनले सात पदाधिकारीसहित ४८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । यसैगरी तीन क्षेत्रबाट ११ जनाका दरले ३३ महासमिति सदस्यको चयन हुनेछ । जिल्ला सभापतिका लागि ६ जनाले आकाङ्क्षा राखेका छन् ।
प्रा. डा. सूर्यकान्त घिमिरे, कैलाश कोइराला, उत्तम जोशी, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ र विजय भुषालले सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन्। घिमिरे नेविसंघका पूर्वजिल्ला सभापति एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्ट्रार हुन् ।
खनाल र भुषाल महासमिति सदस्य हुन् भने कोइराला हालका उपसभापति र जोशी सचिव छन् । श्रेष्ठ बागमती प्रदेशसभा सदस्य एवं मन्त्री हुन् । सङ्ख्या घटाउनका लागि आन्तरिक गृहकार्य भइरहेको छ । श्रेष्ठ संस्थापन पक्षमा देखिएका उम्मेदवार हुन् भने अन्य उम्मेदवार संस्थापन इतरका हुन् ।
संस्थापन इतरका उम्मेदवारमध्ये एक बनाउन गृहकार्य भइरहेको छ । सभापति निर्वाचित हुनका लागि ५१ प्रतिशत मत आवश्यक पर्छ । पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन नसके दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्नुपर्ने हुन्छ ।
दुई हजार ९०६ मतदाता छन् । शुक्रबार मनोनयनको कार्यक्रम सम्पन्न गरी शनिबार मतदान प्रक्रिया अघि बढाइने निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार