सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

एफए कप : सिटी क्वाटरफाइनल पुग्दा टोटनहम बाहिरियो

बुधबार, १८ फागुन २०७८, ०८ : २६
बुधबार, १८ फागुन २०७८

च्याम्पियनसिप टोली पिटरर्सब्रग युनाइटेडलाई २-० अन्तरले पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश  गरेको छ । मंगलबार राति सिटीलाई अन्तिम आठमा स्थान पक्का गर्न रियाद महारेज र ज्याक ग्रेलिसले दोस्रो हाफमा १-१ गोल गरे ।

राति नै भएको अर्काे खेलमा च्याम्पियनसिप क्लब मिडल्सब्रगसँग १-० अन्तरले पराजित हुँदै टोटेनहम  एफए कपको प्रि-क्वाटरफाइनलबाट बाहिरिएको छ ।​ टोटेनहमलाई स्तब्ध बनाउने क्रममा जोस कोवर्नले खेलको १०७ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । अर्का खेलमा क्रिस्टल प्यालेसले स्टोक सिटीलाई २-१ अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप