शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

सघन शहरी विकास कार्यक्रम अन्तर्गत साँफेबगरमा ५० करोड विनियोजन

मङ्गलबार, १७ फागुन २०७८, २० : ०१
मङ्गलबार, १७ फागुन २०७८

संघिय सरकारको सहरी विकास मन्त्रालय अन्तर्गत सघन शहरी विकास कार्यक्रममार्फत साँफेबगर नगरपालिकामा ५० करोड रुपैयाँ प्राप्त भएको छ । राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर र साँफेबगर नगर प्रमुख कुल बहादुर कुँवरको पहलमा सहरी विकास मन्त्री रामकुमारी झाक्रिले साँफेबगर नगरपालिकालाई सघन शहरी विकास कार्यक्रममा छनोट गरेकी हुन् । 

देशका ४४ वटा नगरपालिका मध्ये साँफेबगर नगरपालिका पहिलो पटक सघन शहरी विकास कार्यक्रममा छनोट गरिएको छ । सघन शहरी विकास कार्यक्रमको लागि बजेट प्राप्त भएपछि साँफेबगर नगरपालिकाको ११ औं कार्यपालिकाको बैठकले नगरका महत्त्वपूर्ण योजना छनोट गरेर सहरी विकास मन्त्रालयमा पत्र पठाएको नगर प्रमुख कुल बहादुर कुँवरले जानकारी दिए । साँफेबगर नगरपालिका वडा नं ३ स्थित हाटबजारमा बसपार्क निर्माण र वडा नं ४ स्थित तारेकुनामा  मिनी मार्केट निर्माणको लागि १५ करोड बजेट प्रस्ताव गरिएको छ । नगर क्षेत्र वरिपरिका सडक कालोपत्र गर्नेको लागि २५ करोड बजेट प्रस्ताव गरिएको छ ।

छिपेखोला वारीपारी १२ मिटर पक्की, लुंग्रेलिगाडदेखि वैजनाथ धाम, बयलपाटा बजारदेखि महेन्द्र मावि, एयरर्पोटका छेउबाट पुल बजार, जनकल्याण माविदेखी एयरर्पोट, ठाटी बजार, घुघुरकोटमा निर्माणधिन डम्पिङ साइट क्षेत्रमा नाली सहित कालोपत्रे सडकको लागी प्रस्ताव गरिएको नगर प्रमुख कुँवरको भनाई रहेको छ । यस्तै हाटबजारमा नाली निर्माण गरिने छ । लिंक सडक जोड्न नपाईने र वस्ती भएको स्थानमा मात्र सडक निर्माण गर्नु पर्ने सघन शहरी विकास कार्यक्रमको अवधारणाका कारण टाढाका वडा प्राथमिकता पर्न नसकेको नगर प्रमुख कुँवरले जानकारी दिए ।

यस्तै सघन शहरी विकास कार्यक्रम मार्फत नगर क्षेत्रमा एक दर्जन बढी पार्कहरु र आधा दर्जन वढी रिचार्ज पोखरी निर्माण गरिने छन्। पार्क र रिचार्ज पोखरी निर्माणको लागि साढे ७ करोड रुपैयाँ प्रस्ताव गरिएको छ।
  
साँफेबगर नगरपालिका वडा नं ३ शिद्देश्वरस्थित सरुखेल्ने, वडा नं २ जाल्पादेबीको श्रीकोट, वडा नं १२ खप्तडको गणेशपाटन, वडा नं ११ देविस्थानको कालालेकी, बयलपाटा खुलामञ्च, वडा नं ७ रेडिकोटको मोतिपुर र भिउढुङ्गा, वडा नं ४   मष्टमान्डौको बिमकोट दरबार, वडा नं १० घुघुरकोटको दरबार, वडा नं ५ नवाठानाको ढिक्केकोट र टौका र वडा नं ४ मष्टमान्डौको भगवती पार्क निर्माण गर्ने प्रस्ताव गरिएको ।

यस्तै रिचार्ज पोखरी अन्तर्गत साँफेबगर नगरपालिका वडा नं ११ देविस्थानको सिम्काथली,  वडा नं १३ बाब्लाको सुकदह, वडा नं ९  बुढाकोटको रानिसैन, वडा नं १४ पातलकोटको जुम्लिगडा,  वडा नं १२ खप्तडको नाइनी, वडा नं ६ भाग्यश्वरको तेलढोल्ने आम, वडा नं १ बैजनाथको कुपसैन र वडा नं १० घुघुरकोटको चुल्ठेमा रिचार्ज पोखरी निर्माण गर्नको लागि प्रस्ताव गरिएको नगर प्रमुख कुँवरको भनाइ छ।

नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत भवन निर्माणको लागि पनि प्रस्ताव गरिएको छ। उक्त भवन निर्माणको लागि साढे दुई करोड बजेट प्रस्ताव गरिएको छ । नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत भवन तीन तलाको हुनेछ । पहिलो तला अन्डर ग्राउण्ड, दोस्रो तला नगरपालिकाको विषयगत शाखा र तेस्रो तलामा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको आवास हुनेछ ।

सहरी विकास मन्त्रालय अन्तर्गत सघन शहरी विकास कार्यक्रमको लागि छनोट गरेर पठाएका योजनाको सहरी विकास मन्त्रालयले अध्ययन र निरीक्षण गरेपछि चालू आर्थिक वर्षबाट कार्यान्वयनमा अघि बढ्ने नगर प्रमुख कुँवरको भनाई रहेको छ । न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप