सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

त्रिशुली नदीमा नेपालकै पहिलो स्काई रोप साइक्लिङ सञ्चालनमा

मङ्गलबार, १७ फागुन २०७८, १८ : २८
मङ्गलबार, १७ फागुन २०७८

पृथ्वी राजमार्गको आकर्षक ‘होलिडे डेस्टिनेसन’ त्रिशुली रिभरसाइड रिसोर्टले त्रिशुली नदीमा  स्काई रोप साइक्लिङ निर्माण गरेको छ । काठमाडौंबाट सत्तरी किलोमिटर दुरीमा पृथ्वी राजमार्गको मलेखु नजिकै मालिङ्गामा रहेको रिसोर्ट परिसरमा नेपालमै पहिलो पटक खोला वारपार गर्ने स्काई रोप साइक्लिङ तयार भएको रिसोर्टका सञ्चालक उद्वब कँडेलले बताए ।

’एक करोड लगानीमा साइक्लिङ तयार भएको छ’ कंडेल भने, ‘यसमा जोडि नै एकैसाथ खेल्न मिल्छ । यसरी दुवैजना खेल्न मिल्ने यो नेपालकै पहिलो स्काई रोप साइक्लिङ हो ।’
दुईतर्फी ३५० मिटर रहेको साइक्लिङ खेल्न प्रतिव्यक्ति एक हजार रुपैया र फोटो भिडियो बनाउन थप पाँच सय लाग्ने कँडेलले जानकारी दिए । 

¥याफ्टिङ, कायकिङ, क्यानोनिङ समेत सन्चालन गर्दै आइरहेको रिसोर्टले त्रिशुली नदी वारपार गर्ने गरि जिपलाइन समेत निर्माण गरेको छ । आगामी दिनमा अन्य एडभेन्चर गतिविधि थप्दै लगिने समेत कँडेलले बताए । 

पैँतीस रोपनीमा फैलिएको रिसोर्टमा आवासको लागी टेन्टेड क्याम, रिभर भ्यु कटेज र एसी डिलक्स रुम उपलब्ध छन् । रिसोर्टमा स्विमिङ पुलसँगै बारबिक्यु र शुक्रबार, शनिबार डिजे पार्टीको समेत सुविधा रहेको कँडेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप