यी महिलाले ६ दशकपछि बैंक खाता हेर्दा सरप्राइज
६० वर्षसम्म पनि बैंक खाता नहेरेकी एक स्कटिस महिलाले आफ्नो ३.३५ डलरको निक्षेप बढेर ३३५ डलर पुगेको पाएकी छन् । फिलिपिन्समा हुर्किएकी ७४ वर्षकी कारोल एलिसन आफू ६ वर्षको हुँदा हजुर आमासँग स्कटल्यान्डको भ्रमणमा गएकी थिइन् । हजुरआमाले उनलाई ट्रस्टी सेभिङ बैंकमा खाता खोल्न सहयोग गरेकी थिइन् । यो बैंकलाई हाल टीएसबीको नामले चिनिन्छ । उनको हजुरआमाको ८० वर्षको उमेरमा १९६९ मा निधन हुनु पहिले निक्षेप रहेको बैंक खाता हस्तान्तरण गरेकी थिइन् ।
एलिसन हाल इडिनबर्गको स्टकब्रिजको क्षेत्रमा बस्दै आएकी छन् । उनले हालै मात्र बैंक बुक फेला पारेको उनले बताइन् । घरको सरसफाइ गर्दाको समयमा उनले बैंक खाता रहेको बुक फेला पारेकी हुन् । उनले उक्त बुक बैंकमा लिएर गइन् र उनको खाता अझैपनि चालू अवस्थामै थियो । उनले ६ दशक भन्दा अगाडि ३.३५ डलर लगानी गरेको र हाल यो ३३५ डलर पुगेको पाएकी छन् ।
‘म वास्तवमै खुसी छु र मेरी हजुरआमालाई धन्यवाद दिन चाहन्छु,’उनले भनिन् । यो अवधिमा सबै समय उनको निक्षेपको व्याज बढ्दै गएको बैंकका कर्मचारीहरुले बताएका छन् । एलिसनले अन्य दुई बैंकहरुको पनि बुक खोजिरहेको र थप अनपेक्षित हुन सक्ने उनको आशा छ । अन्य दुई बैंकमा पनि कति जम्मा भएको छ भनेर आपूmलाई कौतुहल लागिपरेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाउण्डको मूल्य बढ्यो, अरू कुनको कति ?
-
पहिरोले खानेपानी पाइपमा क्षति पुर्याउँदा पानी वितरण प्रभावित
-
स्थलगत रिपोर्टः सुनसरीमा बाढीले कृषि क्षेत्रमा बढी क्षति
-
स्पेनिश लालिगा : लस पाल्मसविरुद्ध भिल्लारियलको शानदार जित
-
मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछु : मन्त्री यादव
-
इङ्लिस प्रिमियर लिग : साउथमटनविरुद्ध बर्नमाउथ ३-१ ले विजयी