बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

११ वजे बस्ने भनिएको जसपाको बैठक अझै बस्न सकेन

मङ्गलबार, १७ फागुन २०७८, ११ : ००
मङ्गलबार, १७ फागुन २०७८

११ वजे बस्ने भनिएको जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक अझै बस्न सकेको छैन । शीर्ष नेताहरुको बीचमा आन्तरिक छलफल चलिरहेको कारण बैठकमा ढिलाई भएको हो ।

जसपाका कार्यकारिणी सदस्य एवं कार्यालय सचिव प्रकाश अधिकारीले आफूहरु छलफलमा रहेकाले छलफल सकिए पछि औपचारिक बैठक बस्ने बताए ।  १२ वटा एजेण्डा तय गरी फागुन १३ गतेदेखि कार्यकारिणी समितिको बैठक जारी रहेको छ । स्थानीय तहको चुनाव र एमसीसीको विषयमा निर्णय गरिसकेको छ भने संगठनात्मक कार्य समिति र समायोजनको विषयमा पार्टीमा छलफल हुनुभन्दा पहिले शीर्ष नेताको बीचमा सहमति हुनका लागि आन्तरिक छलफल चलिरहेको छ ।

कार्यकारिणी समिति विस्तार, पार्टी समायोजन, कार्य विभाजनलगायतका विषयमा निर्णय गर्न बाँकी रहेको छ । जसपाका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले पार्टीमा क्लस्टर अनुसार तीनजना अध्यक्ष राख्नुपर्ने प्रस्ताव गरेका छन् । पार्टीको अन्तरिम विधानमा पनि दुईजना कार्यकारी अध्यक्षको व्यवस्था रहेको छ । त्यसमा एकजना अध्यक्ष चयन गर्न बाँकी छ ।

अध्यक्ष भट्टराईले एकजना अध्यक्ष अझै चयन गर्नुपर्ने भनेका छन् तर अध्यक्ष उपेन्द्र यादव एकजना अध्यक्षको पक्षमा रहेका छन् । यिनै विषयहरुमा शीर्ष नेताहरुको बीचमा छलफल चलिरहेको कारण बैठकमा ढिलाई भएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप