शुक्रबार, १४ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युक्रेनको खारकिएभमा एक भारतीय विद्यार्थीको मृत्यु

मङ्गलबार, १७ फागुन २०७८, १५ : ४८
मङ्गलबार, १७ फागुन २०७८

भारतले युक्रेनमा एक भारतीय विद्यार्थीको मृत्यु भएको पुष्टि गरेका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले यसबारे जानकारी दिएका हुन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘खारकिएभमा गोलीबारीमा एक भारतीय विद्यार्थीको मृत्यु भएको कुरा गर्दा हामीलाई गहिरो चोट लागेको छ । मन्त्रालय परिवारको सम्पर्कमा छ र मेरो सहानुभूति परिवारप्रति छ ।’

अरन्दिम बागचीले ट्वीटमा लेखेका छन्, ‘विदेश सचिव रुस र युक्रेनका अधिकारीसँग कुरा गरिरहेका छन् र भारतीय नागरिकलाई सुरक्षित त्यहाँबाट निकाल्न माग गरिरहेका छन् । ’

केही घण्टा अघि भारतले आफ्ना नागरिकलाई तत्काल युक्रेनको राजधानी किभबाट निस्कन भनेको थियो । युक्रेनस्थित भारतीय दूतावासले ट्वीट गरेर भारतीय नागरिकलाई ‘जे साधन उपलब्ध छन्, त्यसमार्फत् निस्कनुहोस्’ भनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप