शनिबार, २७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रचण्डले त्रासका कारण एमसीसी पास गरे: बिजुक्छे

मङ्गलबार, १७ फागुन २०७८, १५ : ३२
मङ्गलबार, १७ फागुन २०७८

 नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त्रासकै कारण एमसीसी पास गरेको आरोप लगाएका छन् । भक्तपुर नगरपालिकाद्वारा निर्मित न्हु: पुखु (रानीपोखरी)को उद्घाटनमा कार्यक्रमलाई सम्बोधन गर्दै बिजुक्छेले भने " युद्धको नाममा १७/१८ हजार मानिसको हत्या आरोप लागेका प्रचण्डमा अन्तर्राष्ट्रिय अदालत जानुपर्ने त्रासको कारणले एमसीसी पास भयो" । 

जनताको इच्छा बिपरित संसदले राती बहुमतले एमसीसी पास गर्नु दु:खद भएको उनको भनाइ छ । नेपालका पार्टीहरुले देशको हित बिपरित भएको कुरा पास गरेर धोका दिएको पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप