आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आवश्यकताभन्दा बढी सिमेन्ट उत्पादन हुन थाल्यो, भारत निर्यातको वातावरण बनाइदिन माग

मङ्गलबार, १७ फागुन २०७८, १४ : १३
मङ्गलबार, १७ फागुन २०७८

नेपालमा आवश्यकताभन्दा बढी सिमेन्ट उत्पादन हुन थालेको नेपाल सिमेन्ट उत्पादक संघले जानकारी दिएको छ । नेपाल संघका अध्यक्ष ध्रुव थापाले हाल खपत भइरहेकोभन्दा बढी सिमेन्ट उत्पादन भइरहेको जानकारी दिएको हुन् ।

हाल नेपालमा कुल ६५ वटा सिमेन्ट उद्योग छन् । ती उद्योगबाट मासिक २ करोड ५० लाख टन सिमेन्ट उत्पादन भइरहेको र मासिक १ करोड टन मात्रै सिमेन्ट खपत भइरहेको अध्यक्ष थापाले बताए । सरकारको बजेट खर्च समेत न्यून रहेकाले सिमेन्टको खपत बढ्न नसकेको संघले जनाएको छ । यस्तै, कोभिड महामारीका कारण अर्थतन्त्र समस्यामा आउँदा निजी खपत समेत खुम्चिएको छ । यस्तै, सरकारी आयोजनाहरू समेत अगाडी नबढ्दा थप समस्या भइरहेको हो ।

उत्पादित सिमेन्ट खपतका लागि स्वदेशी बजारले धान्ने स्थिति नआएपछि भारत निर्यातको वातावरण निर्माण गर्नुपर्ने व्यवसायीहरूको भनाई छ । सरकारले भारतको विहार र पश्चिम बंगालतर्फ निर्यातको वातावरण बनाएर लगानी डुब्नबाट बचाउनुपर्ने उनीहरूको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप