शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनको दोस्रो ठूलो शहर खारकिएभमा रुसको ठूलो मिसाइल हमला, भवन–गाडी ध्वस्त

मङ्गलबार, १७ फागुन २०७८, १४ : १२
मङ्गलबार, १७ फागुन २०७८

युक्रेनको दोस्रो ठूलो शहर खारकिएभमा रुसले ठूलो हमला गरेको छ । यो हमला फ्रिडम स्क्वायरस्थित सरकारी कार्यालयलाई निशाना बनाउँदै गरिएको थियो ।

युक्रेनको सोसल मिडियामा भाइरल भिडियोमा एउटा मिसाइल सरकारी भवनसँग ठोक्किएको देख्न सकिन्छ । यसका कारण जोडदार बिस्फोट भयो । यसले भवनमा ठूलो क्षती पुर्यायो र गाडीसमेत उडे ।

हमलापछिको भिडियोमा सिटी स्क्वायर नजिकै जलेका गाडी र भग्नावशेष देख्न सकिन्छ । यो हमला स्थानीय समयानुसार बिहान ८ बजे भयो ।

यद्यपि, अहिलेसम्म हमलामा कोही पनि हताहत भएको जानकारी पाइएको छैन । हमलापछिको स्थिति देखाउने भिडियो बीबीसीले अनुसन्धान गरेको छ ।

पछिल्लो केही दिनमा उत्तरपूर्वी खारकिएभमा भीषण लडाईं र हवाई बमबारी जारी छ । यो युक्रेनको दोस्रो ठूलो शहर हो जहाँ करिब १६ लाख जनसंख्या छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप