
टिकटकले भिडियोको अवधि ३ मिनेटबाट बढाएर १० मिनेट पुऱ्याउने

टिकटकले भिडियोको अवधि १० मिनेट पुऱ्यानका लागि काम गरिरहेको टेकक्रन्चले जनाएको छ । टिकटकले विगत ७ महिनादेखि परिवर्तनको परीक्षण गरेसँगै यो आधिकारिक लन्च आउन लागेको हो । यो भन्दा अगाडि टिकटकको भिडियो भिडियो अधिकतम ३ मिनेटको अवधिसम्म मात्रै हेर्न मिल्थ्यो । यो पनि २०२१ को जुलाईमा गरिएको परिवर्तन पछिको हो । यो भन्दा पहिले ६० सेकेन्ड र त्यो भन्दा पनि पहिले १५ सेकेन्डसम्मको भिडियो राख्न मिल्थ्यो ।
‘हामी हाम्रा समुदाय र टिकटको अनुभवलाई थप चुस्त बनाउनका लागि सोचिरहेका छौ । गत वर्ष हामीले लामो भिडियो ल्यायौ, थप सामग्री राख्न र टिकटकबाट आनन्द लिनका लागि यसो गरिएको हो,’ टिकटका प्रवक्ताले बताए । आज १० मिनेटसम्मको भिडियो राख्ने व्यवस्था गर्न पाउदा आफूहरुलाई खुसी लागको उनले बताए । यो घोषणाले टिकटकलाई यूट्युबको थप प्रतिस्पर्धी बनाउने छ । जसले २०२१ को आम्दानीमा २८.८ अर्ब घाटा खाएको थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ