रातोपाटीको समाचार प्रभाव : प्रतिष्ठानले थाल्यो लोकदोहोरी शुद्धीकरण
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले लोक तथा दोहोरीमा आएको विकृति विसंगती न्यूनिकरणका लागि शुद्धीकरण अभियान थालेको छ । रातोपाटी अनलाइनले लोक तथा दोहोरी गीतमा आएको विकृति विसंगती बिषयमा केही स्टोरी लगातार प्रकाशन गरेपछि प्रतिष्ठानले यस बिषयमा अभियान थालेको हो । अभियानको पहिलो चरणमा सोमबार एक दिवसीय अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ ।
लोक तथा दोहोरी गायक गायिका, प्रतिष्ठानका पदाधिकारी, प्रत्यक्ष दोहोरी गीत प्रतिष्ठानलगायत दोहोरीसँग सम्बन्धित थुप्रै संघसंस्था सहभागी रहेको कार्यक्रममा दोहोरी गायनमा आएको फोहोरीपनको विषयमा छलफल भएको थियो ।
अन्तक्र्रिया कार्यक्रममा लोकदोहोरी फोहोरी भएको बिषयमै छलफल भएको लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताए ।
‘लोकदोहोरीमा, प्रत्यक्ष लोक दोहोरी गायन र अनलाइन लाकदोहोरी घरहरुले छाडा, अश्लिल शब्द प्रयोग गरेको विषयमा ब्यापक छलफल र अव नगर्ने निर्णय समेत भयो’ बिजीले भने ‘बलाबच्चाको प्रयोग गरेर बनाउने गीतमा मायाप्रेम र उनीहरुको मानसपटलमा नभएका बिषयमा गाउन नलगाउने समेत कुरा भएको छ ।’ लोकदोहोरीमा पुराना भाका प्रयोग गर्दा श्रष्ठाको सम्मान गर्न समेत निर्णय भएको बिजीको भनाई रहेको छ ।
अन्तक्र्रियामा प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्मा, कानुनी सल्लाहकार राधाकृष्ण पाठक, रीता थापा, दोहोरी गीत संगीत प्रसारण गर्दै आएका युट्युबर, लगायत लाइभ दोहोरीसँग सम्बन्धित धेरै ब्यक्ति र संस्थाको सहभागिता रहेको थियो ।
अन्तक्र्रियामा लोकदोहोरीमा बिकृती जन्य प्रस्तुति नदिने, दिनेलाई सम्झाउने र कानुनी दायरमा ल्याउने समेत निर्णयले सहभागी सबैले गरेका छन् । कार्यक्रमको संयोजक शिव हमाल रहका थिए । प्रतिष्ठानले आगामि दिनमा पनि शुद्धीकरण अभियान निरन्तर गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेलले ठक्कर दिँदा भारतमा कम्तीमा ७ जनाको मृत्यु
-
जापानमा बर्ड फ्लुको सङ्क्रमण : ५० लाख कुखुरा र चराको मृत्यु
-
सूर्य नेपाल वेस्टर्न ओपन सुरु, निरज शीर्ष स्थानमा
-
प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग
-
अमेरिकामा ट्रम्पको मनपरी रोक्न के छ तरिका ?
-
टाउको बिना वृद्धाको शव फेला, वन्यजन्तुको आक्रमण भएको आशंका