शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एमालेलाई एमसीसी पास गर्न सत्तामा रहेका दलले वञ्चित गरे : प्रदीप ज्ञवाली

मङ्गलबार, १७ फागुन २०७८, १३ : ३९
मङ्गलबार, १७ फागुन २०७८

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्तामा रहेका दलहरूले एमालेलाई वञ्चित गरेको बताएका छन् । काठमाडौँमा मंगलबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले एमसीसी पारित गर्ने प्रक्रियाबाट बाहिर राख्न सत्तामा रहेका दलले षड्यन्त्र गरेको आरोप लगाए । 

उनले भने–‘राष्ट्रिय हितको वास्ता नगरी आफ्नै छुद्र निजी स्वार्थ पूरा गर्न खोज्ने उनीहरूका बोली र व्यवहारमा रहेको अवसरवादी छेपारेपनले सत्ता सञ्चालक पार्टी र तिनका नेताहरूको अविश्वसनीयता समेत उदाङ्गो भएको छ । प्रतिनिधि सभाको दुवै बैठकमा हामीलाई एमसीसी पारित गर्ने प्रक्रियामा वञ्चित गरियो । देशको प्रमुख प्रतिपक्षलाई यस प्रक्रियाबाट बाहिर राख्ने सत्ताधारी दलको षड्यन्त्रपूर्ण व्यवहार पनि स्पष्ट भएको छ । संसद्को सबैभन्दा ठूलो दल एमालेलाई वेलमा राखेर संसद्मा अवरोधका बिच यस्तो संवेदनशील विषयमा निर्णय गरिएको छ ।’

उनले सभामुख अग्नि सापकोटा सभामुख पदका लागि अयोग्य भएको टिप्पणी समेत गरेका छन् । एमसीसी पारित गर्ने क्रममा सभामुखले असक्षम व्यवहार देखाएको, एमसीसी टेबल गराउनु परे आत्महत्या गर्ने भन्ने र गठबन्धनको इच्छा पूर्ति अनुसार काम गर्ने, दलको कार्यकर्ताको रूपमा भूमिका खेलेको आरोप लगाए । 

उनले एमसीसी पारित गर्ने क्रममा प्रयोग भएको भाषा लगायतका विषयमा सत्ता गठबन्धनमा रहेका नेताहरूको अज्ञानता देखाएको दाबी गरेका छन् । प्रदीप ज्ञवालीले सत्तागठबन्धनमा रहेका दलहरूले एमसीसी सम्झौता गरेको र उनीहरुले नै आफ्नो पार्टी विभाजन गरेको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप