सपिङ सेन्टरमा आगलागी, पाँच जनाको मृत्यु
मङ्गलबार, १७ फागुन २०७८, १३ : २८
सिरियाको राजधानी दमासकसको एउटा सपिङ सेन्टरमा मंगलबार बिहान भएको आगलागीमा कम्तीमा पाँच जनाको ज्यान गएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । दमासकसको दमक विभागका एक अधिकारीलाई उद्धृत गर्दै आधिकारिक समाचार समिति सानाले ला मिराडा मल भवनमा आज बिहानै लागेको आगो निभाइएको जनाएको छ ।
अहिलेसम्म चार जनाको उद्धार गरिएको छ र पाँच जनाको शव निकालिएको छ,“ साना समाचार समितिले थप जानकारी दिएको छ । आगलागीको कारण तत्काल खुल्न सकेको छैन । सरकार समर्थक अल–वतान अखबारले प्रकाशित गरेका तस्बिरहरूमा दमासकसको अल–हमरा जिल्लामा रहेको मलबाहिर ठूला फायरट्रकहरू देखाइएको छ । एउटा तस्बिरमा, किनमेल केन्द्रको झ्यालबाट धुवाँ निस्किएको थियो । आगोले हरेक तल्लालाई घेरेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् रास्वपा सचिवालय बैठकका निर्णयहरू
-
शेखरको टिप्पणी– सभापतिकै कारण पार्टीमा विचलन छ‚ चुप लागेर बस्न सकिएन
-
लुम्बिनी खेलकुद परिषद्का सदस्यले लिए शपथ
-
युवा तथा खेलकुद क्षेत्रमा प्रयाप्त स्रोत नभएको मन्त्री महर्जनको गुनासो
-
कास्की अदालतमा छविसँग ३ घण्टा बयान, रविको सुरु नै भएन
-
कति भयो १ खर्ब लगानीमा निर्माण भइरहेको अरुण–३ आयोजनाको काम ?