मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

'भद्र सहमति' पछि काँग्रेस मकवानपुरको सभापति बने बुद्ध लामा

मङ्गलबार, १७ फागुन २०७८, १६ : ३०
मङ्गलबार, १७ फागुन २०७८

नेपाली काँग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन भएका छन् । सोमबार भएको काँग्रेस मकवानपुरको निर्वाचनको मतपरिणाम अनिर्णित भएकामा अन्तिम समयमा उनी सर्वसम्मत रुपमै  सभापति चयन  भएका हुन् ।

निर्वाचनअघि केन्द्रीय सह–महामन्त्री डीना र बागमती प्रदेश सभापति बानियाँलगायत शीर्ष नेताहरुसमेतको उपस्थितिमा बसेको बैठकमा संस्थापन पक्षका उम्मेदवारद्वय लामा र आनन्दराम पराजुलीबीच पहिलो चरणको निर्वाचनको परिणाम अनुसार दोस्रो चरणमा एकअर्कालाई सहयोग गर्ने सहमति भएको थियो । पहिलो चरण निर्वाचनको मतपरिणाम अनुसार जसको मत बढी आउँछ उसैलाई सभापति स्वीकार गरेर अघि बढ्ने पनि सम्झौता भएको थियो । सोही सम्झौता अनुसार लामालाई सभापति छोडेको पराजुलीको बताए ।

स्रोतका अनुसार पराजुलीलेले हेटौंडा उपमहानगरपालिकामा मेयरको टिकट र बागमती प्रदेश समिति सदस्यमा मनोनित गर्ने 'भद्र सहमति' गरेर लामालाई सभापति पद छोडेका हुन् ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार सम्पन्न मतदानमा सभापति पदमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसक्दा निर्वाचन दोस्रो चरणमा धकेलिएको थियो । निर्वाचन समितिले मंगलबार दिउँसो १ बजेबाट दोस्रो चरणको मतदानको कार्यक्रम तय गरेको भएपनि सहमतिबाट लामा सभापति चयन भएका हुन् ।

पहिलो चरणको निर्वाचनमा मतदानमा कुल १७७५ मत खसेकोमा संस्थापन पक्षका सभापतिमा उम्मेदवार बुद्ध लामाले सबै भन्दा बढी ५९५ मत प्राप्त गरेका थिए । लामाले प्राप्त गरेको मत ५१ प्रतिशत नपुग्दा सभापतिमा पुनः मतदान हुने भएको हो । सभापति पदका संस्थापन पक्षका अर्का उम्मेदवार पराजुली सोमबारको निर्वाचनमा ५४५ मत प्राप्त गर्दै दोस्रो भएका थिए ।

उक्त निर्वाचनमा संस्थापन इतर पक्षका उम्मेदवार जयराम लामिछानेले ५३१ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप