आलिया भन्छिन् - म रणवीरलाई प्रेम गर्छु

आलिया भट्ट अभिनित पछिल्लो फिल्म ‘गंगुवाई कठियावाडी’ प्रदर्शनरत छ । केहीले आलियाको अभिनयको प्रशंसा गरेका छन् भने केहीले नसुहाएको प्रतिक्रिया दिइएका छन् । संजयलीला भन्साली निर्देशित फिल्म भएकै कारण ‘गंगुवाई कठियावाडी’ चर्चामा छ । फिल्मसँगै आलियाको चर्चा नहुने कुरै भएन । त्यसो त फिल्मसँगै आलियालाई उनको प्रेम जीवनले पनि चर्चामा ल्याएको छ । केही समययता आलिया बलिउड अभिनेता रनवीर कपुरसँग प्रेममा छिन् । यो जोडी पहिलो पटक आयान मुकर्जीको फिल्म ‘ब्रह्मास्त्र’ मा देखिँदैछन् । फिल्मको प्राविधिक काम पूरा नभएकै कारण फिल्म गत वर्ष रिलिज हुन सकेन ।
साथै, यो प्रेम जोडीले विवाह गर्ने खबरले पनि उत्तिकै चर्चा पाइरहेको छ । आलिया पनि रनवीरको परिवारसँग नजिक भएकी छिन् । यो जोडीले बारम्बार बिहे गर्ने भनिए पनि आधिकारिक रुपमा मिडियामा बोलेका छैनन् ।
यद्यपि, पछिल्लो समय आलिया भने आफू प्रेममा रहेको स्वीकारेकी छिन् । प्रदर्शनरत फिल्म ‘गंगुवाई कठियावाडी’को प्रमोशनको क्रममा उनले आफू रनवीरसँग प्रेममा रहेको बताएकी हुन् । ‘बताउन पनि केही छैन र लुकाउन पनि,’ आलियाले भनेकी छिन् ।
इन्डियन एक्सप्रेससँग कुराकानी गर्दै उनले आफूले रनवीरलाई धेरै माया गर्ने बताएकी छिन् । ‘म आफ्नो प्रेम जीवनको बारेमा धेरै कुरा गर्न चाहँदिन, तर लुकाउन पनि चाहँदिन । म रनवीरसँग आफूलाई सहज महसुस गर्छु र उनलाई धेरै माया गर्छु,’ आलियाले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबुधावीबाट नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना