पृथ्वीको आफ्नै बुद्धि छ, आफ्नै किसिमले काम गर्छ : अध्ययन
वैज्ञानिकको एक समूहले पृथ्वीको आफ्नै बुद्धि हुने दाबी गरेका छन् । उसको आफ्नो दिमाग बुद्धिमत्ता हुन्छ । यसको अर्थ पृथ्वी बौद्धिक ग्रह हो । यो अध्ययन हालै इन्टरनेशनल जर्नल अफ एस्ट्रोबायोलोजीमा प्रकाशित भएको थियोे । जसमा ग्रहको बुुद्धिमत्ताको कुरा गरिएको छ । यसमा ग्रहको पूरा ज्ञान र तार्किक क्षमताको चर्चा गरिएको छ ।
प्रमाणको रुपमा वैज्ञानिकले जमिनमुनि ढुसी एक विशाल तह हुन्छ, जुन पूरै पृथ्वीमा पैmलिएको बताएका छन् । यसले आपसमा सन्देश आदान–प्रदान गर्छ । यसको एक ठूलो नेटवर्क हुन्छ । यसले एक अदृश्य बौद्धिकताको प्रदर्शन गर्छ । जसका कारण पूरै पृथ्वीको परिस्थिति फेरिन्छ । यदि यस किसिमको प्रक्रियालाई समाएर यसको जाँच गर्ने हो भने हामीलाई जलवायु परिवर्तन, विश्वव्यापी तापमानमा हुने वृद्धि जस्ता घटनामा पृथ्वीको प्रक्रियालाई बुझ्न सहज हुन्छ ।
हाम्रो पृथ्वीमा सुरुका जीवन अर्थात् ढुसी जस्ता जिवलाई लिएर मानिस जस्ता जिवन विद्यमान छन् । पृथ्वी मानिसद्वारा निर्मित पर्यावरण प्रदूषणदेखि लिएर प्लास्टिक संकटसम्मको साक्षी भएको छ । पृथ्वीले लगातार कुनै न कुनै किसिमबाट सन्तुलन बनाउन कुनै न कुनै प्रक्रियालाई जन्म दिँदै आएको छ
।
अमेरिकास्थित युनिभर्सिटी अफ रोचेस्टरमा भौतिकशास्त्रका प्राध्यापक एडम फ्र्यांकले भने,‘मानिस अझैसम्म पनि सामुदायिक स्तरमा भेला हुन पाएको छैन । उदाहरणका लागि बोटबिरुवा एक समुदाय हो । उनीहरुले पनि आपूmलाई जीवित राख्नका लागि विश्वव्यापी स्तरमा एक प्रक्रिया सुरु गरे । जसलाई फोटोसिन्थेसस भनिन्छ । यस्तो प्रक्रिया सामुदायिक स्तरमा पूरै पृथ्वीमा पनि हुन सक्छ । यसको बदलामा अक्सिजन प्राप्त भयो । त्यसपछि अक्सिजनले हाम्रो पृथ्वीको अवस्था नै फेरिदियो । वास्तवमै बोटबिरुवाले काम त आफ्ना लागि गरे तर यो पृथ्वीको बौद्धिकताको एक हिस्सा बन्यो ।
पृथ्वीमा भएको जीवनलाई यदि सामूूहिक रुपमा हेर्ने हो भने यसलाई बायोस्फेयर भनिन्छ । त्यसले पृथ्वीले बौद्धिकता, दिमाग, तार्किक शक्ति र संज्ञानलाई दर्शाउँछ । जसरी नै बायोस्फेयरको जन्म भयो पृथ्वीलाई एक नयाँ जीवन प्राप्त भयो । पृथ्वी स्वयंले आफ्नो बारेमा सोच्न थाल्यो । जब पृथ्वीको कुनै एक ठाउँमा केही भयो भने अर्को ठाउँले यस्तो गरिदिन्छ यसबाट सन्तुलन बन्न जान्छ । अध्ययनमा फ्रांक, हेलेन एफ फ्रेड एच, गोभेन, प्लानेटरी साइन्स इन्सटिच्यूटका डेभिड ग्रिन्सपून र एरिजोना स्टेट युनिभर्सिटीका सारा वाकर समावेश थिए । अध्ययनको समयमा वैज्ञानिकहरुले बायोस्फेयरले कसरी पृथ्वीलाई परिवर्तन गरिरहेको छ भन्ने विषयमा ध्यान दिए । पृथ्वीमा हुने कुनै पनि परिवर्तन प्रक्रिया सन्तुलन बनाउने प्रक्रिया भएको वैज्ञानिकहरुले बताएका छन् । यसलाई बुझाउन उनीहरुले चार चरण देखाएका थिए ।
अपरिपक्क जीवमण्डल
करोडौं वर्ष पहिले पृथ्वीमा जीवन थिएन । प्रविधि थिएन । सुक्ष्मजीन अर्थात माइक्रोब्स थिए । तर, बोट बिरुवा थिएनन् । यिनीहरु आउन बाँकी नै थियो । पृथ्वीमा यस किसिमको जीवन थिएन । यसको वायुमण्डल, जल क्षेत्र वा अन्य ग्रहिय शक्तिको वास्तविक शक्ति लगाउन सक्ने अवस्था थिएन ।
परिपक्क जीवमण्डल
यो हो आजको पृथ्वीको वास्तविक अनुहार । यो समयमा जैविक र प्राविधिक प्रजाति विद्यमान थिए । यसको सुरुवा २५० करोड वर्षदेखि लिएर ५४ करोड वर्षको बीच भएको थियो । महासागर बन्यो । बोट बिरुवाको सुरुवात भयो । फोटोसिन्थेसिसको प्रक्रिया सुरु भयो । अक्सिजन बन्यो । वायुमण्डल सुरु भयो । ओजोन तह बन्यो । बायोस्फेयर बनि नै रह्यो । जसका कारण पृथ्वीको वायुमण्डलमा असर पर्न थाल्यो । पृथ्वीमा यसको असर पर्न थाल्यो ।
अपरिपक्क प्रविधि मण्डल
पृथ्वीको अपरिपक्क जीवमण्डल जस्तै हामी यो समयमा प्रविधि मण्डलको अपरिपक्क समयमा बाचिरहेका छौँ । अर्थात् पृथ्वीमा संचार हुन्छ । यातायात छ । प्रविधि छ । बिजुली बत्ती छ । कम्प्यूटर छ । आपसमा जोडिएका पनि छन् । तर यो अझै पनि अपरिपक्क छ । तर, यी सबैले कुनै न कुनै तरिकाबाट पृथ्वीबाट ऊर्जा लिइरहेका छन् । तर आफ्नातर्फबाट भने पृथ्वीलाई कुनै किसिमको सहयोग गरिरहेका छैनन् । यसको सट्टा नोक्सानीनै पुु¥याइरहेका छन् । लामो समयमा यो प्रविधि मण्डलले आफैलाई विनास गर्नेछन् ।
अपरिपक्क जीव मण्डल
यो उक्त समयको कुरा हो, जब पृथ्वी भविष्यमा रहन्छ । एडम फ्रांकले सबै प्रविधि प्रणालीले पृथ्वीलाई फाइदा नै पुु¥याउने बताएका छन् । विश्वव्यापी रुपमा जत्तिको पृथ्वीबाट लिन्छौ, त्यसको कयौं धेरै पृथ्वीलाई फिर्ता गरिरहेको उनी बताउँछन् । एक अर्काका लागि सहयोग गर्नेछौ । त्यती बेला गएर परिपक्क प्रविधि मण्डलको निर्माण हुन्छ । एडम फ्रांकका अनुसार ग्रह सधै परिपक्क र अपरिपक्क स्थितिबाट जादै विकसित हुन्छ । कुनै ग्रहले बुद्धिमत्ता त्यतीबेला बनाउँछ जब उसको चारैतिर परिपक्क प्रणाली काम गरिरेको हुन्छ । जस्तो हाम्रो जिव मण्डल (बायोस्फेर) । ठूलो कुरा यो छ कि हामी परिपक्क बायोस्फेयरसम्मत पुगेका छौ, तर म्याचुएर टेक्नोस्फेरसम्म कहिले पुग्ने छौँ । यसको अनुमान हालसम्म पनि हामी मानवजातीलाई भएको छैन ।
पृथ्वीको बौद्धिकता एक अत्यन्त जटिल प्रणाली हो । सवाल यो पनि उठ्छ कि कुनै ग्रहको बौद्धिकताले आपूmलाई कसरी चलाउछ भन्ने नै हो । म्याचुुयर टेक्नोस्फेयर अर्थात पृथ्वीमा विद्यमान सबै प्राविधिक प्रणालीलाई कुनै तरिकाबाट जोड्नुु हो । तर यस्तो नहोस् कि हामी केवल पृथ्वीबाट मात्रै फाइदा लिऔ । साना प्राविधि प्रणाली जस्तै फेसन सम्बन्धि कुनै बस्तु । तर ठूलो र जटिल प्रविधि प्रणाली हो, जंगल, इन्टरनेट, फाइनान्सीयल बजार र मानिसको दिमाग । एडम भन्छन्,‘जब सबै जटिल प्रणाली पृथ्वीसँग जोडिन्छन् , तब पृथ्वी थप स्मार्ट हुने छ ।’ यसबाट पृथ्वीमा हुने नोक्सानको कारणबाट यी प्रणालीहरुमा पनि नोक्सानी हुने छ । त्यसपछि मात्रै उनीहरु पृथ्वीको दृष्टिकोणबाट चल्ने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली विद्यार्थीलाई चीनमा सरकारी छात्रवृत्तिको अवसर, खुल्यो दरखास्त
-
१२ बजे, १२ समाचार : सभामुखलाई चिठी पुग्नासाथ रविको सांसदपद निलम्बनदेखि डीपी अर्याल कार्यवाहक सभापतिसम्म
-
एकपछि अर्को कार्यवाहकको अभ्यासमा रास्वपा !
-
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
बागमतीमा सर्वदलीय बैठक : विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह
-
सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड हो : प्रधानन्यायाधीश राउत