आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विश्वका कुन देशसँग कति छ परमाणु हतियार ?

मङ्गलबार, १७ फागुन २०७८, ११ : २६
मङ्गलबार, १७ फागुन २०७८

युक्रेनमा जारी संकटकाबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सेनालाई आफ्नो प्रतिरोधी शक्तिलाई विशेष सतर्कतामा राख्ने निर्देशन दिएका छन् । जसमा परमाणु हतियार पनि समावेश छ । पुटिनले आफ्नो रक्षा प्रमुखलाई यसो गर्नु जरुरी रहेको पनि बताएका छन् । उनको यो घोषणाको अर्थ रुस परमाणु हतियार प्रयोग चाहने नै नभएपनि उसको यो घोषणाले विश्वमा परमाणु हतियारको चर्चा सुरु भएको छ ।

शीत युद्धको अवधिपछि परमाणु हतियारको भण्डारमा धेरै कमी आइसकेको छ । तर, अझै पनि विश्वमा सयौँ परमाणु हतियार छन्, जसलाई अत्यन्त कम समयभित्र प्रहार गर्न सकिन्छ । यो अत्यन्त शक्तिशाली विष्फोटक बम हो । जसलाई विज्ञानको भाषामा फ्यूजन वा विखण्डन भनिन्छ ।

परमाणु हतियारको प्रयोगबाट ठूलो मात्रामा  रेडिएशन वा विकिरण निक्लन्छ र यसको असर विष्फोटको लामो समयसम्म पनि कायमै रहन्छ । विश्वमा हालसम्म दुुई पटक परमाणु बमको प्रयोग भएको छ । जसमा ठूलो नोक्सानी समेत भएको छ । आजभन्दा ७७ वर्ष पहिले यी दुवै हमला अमेरिकाले गरेको थियो । उसले जापानका दुुई शहरमा परमाणु बम खसालेको थियो । ६ अगस्टमा अमेरिकाले जापानको हिरोशिमा शहरमा र ९ अगस्टमा नागासाकीमा परमाणुबम खसालेको थियो ।

यी बम खसाल्नाले हिरोसीमामा ८० हजार र नागासाकीमा ७० हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

कुन–कुन देशसँग छ परमाणु हतियार ?
विश्वमा अझै पनि ९ देशसँग परमाणु हतियार छ । यी देशमा अमेरिका, बेलायत, रुस, फ्रान्स, चीन, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरिया रहेका छन् । यस किसिमका परमाणु हतियारको बारेमा कुुनै पनि देश खुलेर बताउन चाहँदैनन् । तर परमाणु शक्ति सम्पन्न देशको सेनासँग सम्पूर्णमा गरेर ९००० भन्दा बढी परमाणु हतियार छन् ।

 स्टकाहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टीच्यूट (सिप्री) ले गत वर्ष आफ्नो एक रिपोर्टमा भनेको थियो, ‘२०२० को सुरुमा यी ९ देशसँग लगभग १३ हजार ४०० परमाणु हतियार थियो, जसमा ३७३० उनीहरुको सेनासँग तैनाथ गरिएको छ ।

सिप्रीका अनुसार यसमध्ये लगभग १८ सय हतियार उच्च सतर्कतामा राखिएको छ । यसको अर्थ उनीहरुलाई कामको समयमा प्रहार गर्न सकिन्छ भन्ने हो । यी हतियारमा अधिकांश अमेरिका र रुससँग छन् । सिप्रीको रिपोर्ट अनुसार अमेरिकासँग २०२० सम्म ५८०० र रुससँग ६३७५ परमाणु हतियार थियो ।

९ देशसँग मात्रै किन छ परमाणु हतियार ?
१९७० मा १९० देशबीच परमाणु हतियारको संख्या सीमित गर्न एक सन्धी लागू भएको थियो । जसको नाम परमाणु अप्रसार सन्धी अर्थात् एनपीटी थियो ।  अमेरिका, रुस, बेलायत, फ्रान्स र चीन पनि यसमा समावेश छन् । 

तर  भारत, पाकिस्तान र इजरायलले यसमा कहिले पनि हस्ताक्षर गरेनन् र उत्तर कोरिया २००३ मा यसबाट अलग भएको थियो ।
यो सन्धी अनुसार केवल पाँच देशको परमाणु हतियार सम्पन्न देश मानिएको छ, जसले सन्धीको अस्तित्वमा ल्याउनका लागि तय गरेको वर्ष १९६७ भन्दा पहिलेनै परमाणु हतियारका परीक्षण गरेका थिए । यी देशमा अमेरिका, रुस, फ्रान्स, बेलायत र चीन थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप