मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपतिमा भक्तजनको घुइँचो, तस्बिरहरू

मङ्गलबार, १७ फागुन २०७८, ११ : १०
मङ्गलबार, १७ फागुन २०७८

महाशिवरात्रिको अवसरमा आज बिहानैदेखि ​काठमाडौँको पशुपतिनाथसहितका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ ।

शिवरात्रिको दिन बिहानै नुहाइधुवाइ गरी चोखो लुगा लगाएर महादेवलाई तामाको लोटाबाट जल, गङ्गाजल, गाईको दूध र सखरले स्नान गराइ फलफूल, मिठाइ, धतुरो र बेलपत्र चढाउने परम्परा छ । महाशिवरात्रिको दिन महादेवलाई पूजा गर्नाले घरमा सुख, शान्ति र पारिवारिक समृद्धि बढ्ने भन्ने धार्मिक मान्यता छ । त्यसैगरी अविवाहिता महिलाले महादेवको पूजा गर्नाले राम्रो वर पाउने धार्मिक विश्वास छ । महाशिवरात्रिको अवसरमा सर्वसाधारण भक्तजनका लागि मन्दिरको ढोका खुला गरिएको छ । मन्दिरमा विशेष पूजाका साथै हवन र रुद्धाभिषेक गरी पञ्चस्नान गराउने व्यवस्थासमेत मिलाएको छ । हेर्नुहाेस् तस्बिरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप