युक्रेनले भन्यो, ‘न आत्मसमर्पण गर्छौँ न नै रुसी शर्तको अगाडि झुक्नेछौँ’
युक्रेनले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएको छ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले सीएनबीसीलाई दिएको अन्तरवार्तामा आफूहरु कुटनीति समाधानका लागि तयार भएको तर आत्मसमर्पण नगर्ने बताएका छन् । उनले आफूहरु रुसको शर्तको अगाडि नझुक्ने पनि स्पष्ट पारेका छन् ।
युक्रेनका विदेशमन्त्रीको यो बयान त्यतिबेला आएको हो जब सोमबार बेलारुसमा रुस र युक्रेनका प्रतिनिधिबीच छलफल भएको थियो ।
कुलेबाले वार्ता कहिलेसम्म चल्नेछ भन्नेबारे आफू अनभिज्ञ भएको बताएका छन् । उनले यो युद्धमा युक्रेनकै जीत हुने पनि बताएका छन् ।
कुलेबाले सीएनबीसीलाई दिएको अन्तरवार्तामा भने, ‘म एक कुटनीतिज्ञ हुँ र मलाई वार्ताको सफलतामाथि विश्वास छ । तर एक कुटनीतिज्ञ भएको नाताले मेरो लक्ष्य रुसमाथि अधिकतम प्रतिबन्ध लागोस् भन्ने हो । युक्रेनले धेरैभन्दा धेरै हतियार पाओस् र अन्तर्राष्ट्रिय स्तरमा रुसलाई एक्ल्याइयोस् । यो मेरो कुटनीतिको महत्वपूर्ण हिस्सा हो ।’
Will talks between Russia and Ukraine bear fruit?
Ukraine's foreign minister @DmytroKuleba tells CNBC's @_HadleyGamble that while he believes in the success of talks as a diplomat, he has other priorities now. pic.twitter.com/pq1KNTsppz
— CNBC International (@CNBCi) March 1, 2022
रुसले युक्रेनको जमिन र आकाश दुबैतिरबाट हमला सुरु गरेको छ । रिपोर्टलाई विश्वास गर्ने हो भने थुप्रै्र ठूला शहरलाई निशाना बनाइएको छ । हमलाका कारण युक्रेनका जनता ज्यान बचाउनका लागि पूर्वी युरोपको देशमा भागिरहेका छन् । पश्चिमी देश रुसमाथि लगातार प्रतिबन्ध बढाइरहेका ेछ । सोमबार प्रतिबन्धका कारण रुसको मुद्रा रुबलमा अमेरिकी डलरको तुलनामा २९ प्रतिशतको गिरावट आएको छ ।
कुलेबाले रुसका सर्वसाधारणले पुटिनका कारण यस्तो भोग्नुपरिरहेको आरोप लगाए । कुलेबाले रुसको हरेक रुबलमा युक्रेनको रगत लत्पित्तिएको बताए ।
स्याटलाइट इमेजरी कम्पनी म्याक्सर टेक्नोलोजीले सुरुमा रुसी सैनिकको हतियारधारी काफिला युक्रेनतर्फ २७ किलोमिटर लामो थियो जुन अब ६० किलोमिटरभन्दाब बढी भएको छ ।
Ukraine needs more weapons, Ukraine's Foreign Minister @DmytroKuleba tells @_HadleyGamble
➡Anti-tank
➡Anti-air
"We need a comprehensive full sanctions regime that will also be under strict control in order to prevent Russia from finding safe havens and bypassing (them)." pic.twitter.com/jRbrUhihHi
— CNBC International (@CNBCi) March 1, 2022
म्याक्सरका अनुसार नयाँ तस्बिरले दक्षिणी बेलारुसमा पनि रुसी सैनिक र हेलिकोप्टर छन् भन्ने कुरा स्पष्ट हुन्छ जुन युक्रेनको सीमाभन्दा मात्र २० किलोमिटरको दुरीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या