युक्रेन संकट : यूएनएचआरसीको प्रस्तावमा भारतले मतदान गरेन
यूक्रेनविरुद्ध रुसको सैन्य कारबाही छैटौँ दिन पनि जारी छ । यस संकटको हल खोज्नका लागि कूटनीतिक प्रयास पनि जारी रहेको छ । युक्रेनको संकटमा संयुक्त राष्ट्रको मानव अधिकार काउन्सिल (यूएनएचआरसी) ले आपत्कालीन बहसको को प्रस्ताव गरेको थियो । यस प्रस्तावको पक्षमा २९ र विपक्षमा ५ भोट खसेको थियो । भारत समेत १३ देशले यस मतदानमा भाग लिएनन् । यूएनएचआरसीमा ४७ सदस्य रहेका छन् ।
संयुक्त राष्ट्रमा बोल्दै भारतीय प्रतिनिधि टीएस तिरुमुर्तिले युक्रेनमा मानवीय सहायता आवश्यक रहेको बताउँदै भारत सरकारले औषधिसहित तत्काल राहत आपूर्ति पठाउने निर्णय गरेको जानकारी दिए । उनले भारत सधैँ विवादलाई शान्तिपूर्ण ढङ्गले समाधान गर्ने पक्षमा रहेको बताउँदै कूटनीतिक बाटोभन्दा अर्को विकल्प नरहेको स्पष्ट पारेका थिए ।
यसअघि संयुक्त राष्ट्रको महासभाको विशेष सत्रमा रुस र युक्रेनका कूटनीतिज्ञले एक अर्कामाथि निशाना साधेका थिए । युक्रेनका सर्गेई किलिस्ट्सियाले युक्रेन नबचे संयुक्त राष्ट्र पनि न बच्ने बताए ।
रुसका प्रतिनिधि वसील नबेन्जियाले कीभका नागरिक बिना कुनै समस्या राजधानी छाडेर जान सक्ने बताए । उनले रुसले आफ्नो कारबाहीमा महत्त्वपूर्ण भौतिक संरचनामा कुनै क्षति नपुर्याउने पनि आश्वासन दिए । अहिलेको समस्या युक्रेनकै कारणले सिर्जना भएको उनको भनाइ थियो ।
उता अमेरिकाले रुसविरुद्ध एक्सन लिँदै उसका १२ कूटनीतिज्ञलाई देश निकाला गरेको छ । उनीहरूले गैर राजनीतिक गतिविधि गरेको अमेरिकाको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सीटीइभिटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान बनेका सांसदले भने : नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा पुगिसक्छन्
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी
-
घरजग्गा कारोबारले गति लिँदै, मंसिरमा मात्रै ४५ प्रतिशतले बढ्यो