मार्स्च बने लिड्सका नयाँ म्यानेजर
मङ्गलबार, १७ फागुन २०७८, ०९ : २६
लिड्स युनाइटेडले आरबी लेइपजीगका पूर्व म्यानेजर जेस्सी मार्स्चलाई क्लबको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ । ४८ वर्षीय जेस्सीले क्बलसँग २०२५ जुनसम्मका लागि करार गरेका हुन् ।
पाँच महिना बिताएपछि मार्स्चले गत वर्ष जर्मन क्लब छाडेका थिए । यसअघि उनले न्युयोर्क रेड बुल्स र रेड बुल साल्जबर्गको पनि नेतृत्व गरिसकेका छन् । गत आइतबार क्लबले अर्जेन्टिनी प्रशिक्षक मार्सेलो बिएल्सालाई बर्खास्त गरेको थियो ।
बेलायतमा काम गर्ने अनुमति प्राप्त गर्ने बित्तिकै अमेरिकी प्रशिक्षकले लिड्सको नेतृत्व सम्हाल्ने बताइएको छ । लिड्स हाल प्रिमियर लिगको १६ औँ स्थानमा सीमित रहेको छ । लगातार हारको शृङ्खलापछि क्लब रेलिगेसन जोनभन्दा मात्र दुई अंकले माथि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान नै बदल्नतिर लागेर हामी कहीँ पुग्दैनौँ : उपमहासचिव ज्ञवाली
-
खुम्बु क्षेत्रमा हेलिकोप्टर उडाउन नदिने निर्णयबाट पछि हट्यो सगरमाथा राष्ट्रिय निकुञ्ज
-
प्रत्यक्ष निर्वाचित कार्यकारी भनेर व्यवस्थापिका नराख्ने भनेको हो ? : रिजाल
-
भागदौडको घटनामा घाइते बालकलाई भेट्न पुगे अल्लु अर्जुन
-
भारत–पाकिस्तान तनाव सेलाउन नपाउँदै इङ्ल्यान्ड–अफगानिस्तानबिच विवाद सुरु
-
धान बाली : क्षेत्रफल घट्दै गए पनि उत्पादन बढ्दो