फिफा र यूइएफएले रुसलाई सबैखाले प्रतियोगितामा प्रतिबन्ध लगाए
विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबल निकाय (यूइएफए)ले रुसी टोलीलाई क्लबस्तरीय र अन्तर्राष्ट्रिय सबैखाले प्रतियोगितामा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । फिफा र यूइएफएले विश्वकप २०२२ र महिला युरोपियन च्याम्पियसिपमा २०२२ सहभागीताको लागि इन्कार गर्दै सबैखाले अन्तर्राष्ट्रिय प्रतियोगितामा रुसी टोली प्रतिबन्ध गरेका हुन् ।
यूइएफएले रुसको राज्य नियन्त्रित गाज्प्रोमसँगको सम्बन्ध समेत तोडेको छ । गाज्प्रोम युरोपियन च्याम्पियन्स लिगको मुख्य प्रायोजक हो । यसअघि रुसले आगामी खेलहरु फुटबल युनियन अफ रुस (आरएफयू) को रुपमा खेल्नुपर्ने विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनविरुद्ध सैन्य कारवाही अघि बढाएपछि फिफाले यस्तो निर्णय गरेको हो । आइतबार फिफाले रुसका आगामी खेलहरु रसियन झन्डामा नभई आरएफयूको तटस्थ ब्यानरमा खेल्नुपर्ने निर्णय गरेको हो ।
फिफाले रुसमाथिको प्रतिबन्ध बढाउँदै गर्दा युरोपिनय फुटबलले यसअघि नै च्याम्पियन्स लिगको फाइलन सेन्ट पिटर्सबर्गमा नगर्ने निर्णय गरिसकेको छ । यस्तै, पोल्यान्ड, स्विडेन र चेक गणतन्त्रले सयुक्त रुपमा रुसमा खेल्न अस्विकार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान बाली : क्षेत्रफल घट्दै गए पनि उत्पादन बढ्दो
-
कम्युनिस्ट पार्टीको बैठकमा गाडीको लाम, तस्बिरहरू
-
मधेस प्रदेशसभाको चौथो अधिवेशन आजदेखि, दुई वटा कार्यसूची तय
-
भूकम्पपछि चीनद्वारा सगरमाथा अवलोकन क्षेत्र बन्द
-
युक्रेनी सहर कब्जा गरेको रुसको दाबी, के भन्छ युक्रेन ?
-
सार्वजनिक सवारी : भाडा मात्र बढ्छ, सुधारमा छैन ध्यान (तस्बिरहरू)