रुसी सैनिक युक्रेनको राजधानी कीभबाट मात्र २७ किलोमिटर टाढा
![रुसी सैनिक युक्रेनको राजधानी कीभबाट मात्र २७ किलोमिटर टाढा](https://rpcdn.ratopati.com/media/albums/274473960_493685762330669_3647183737265768692_n_euZX1LoqJw.jpg)
युक्रेनविरुद्ध रुसको सैन्य कारबाहीको आज छैटौँ दिन हो । युक्रेनका कूटनीतिज्ञले संयुक्त राष्ट्रसंघको महासभामा अहिलेसम्म रुसको हमलामा १६ बालबालिकासहित ३५२ युक्रेनी नागरिकको मृत्यु भइसकेको जानकारी दिएका छन् ।
गोलाबारी अझै जारी रहेको छ, यसकारण मर्नेहरूको सङ्ख्या बढ्न सक्ने उनीहरूको भनाइ छ । युक्रेनका राष्ट्रपतिले पछिल्ला पाँच दिनमा रुसले युक्रेनमाथि ५६ वटा रकेट र ११३ वटा क्रूज मिलाइनल प्रहार गरेको जानकारी दिएका छन् ।
रुसको कारबाहीका बीच दुई देश तनाव कम गर्नका लागि कूटनीतिक प्रयास पनि जारी रहेको छ । गत रात दुई देशले बेलारुस–युक्रेन सीमामा ६ घण्टाको कुराकानी भएको थियो तर बैठकबाट कुनै निष्कर्ष निस्कन सकेन ।
रुसले युक्रेनका दुई सहर बेर्दयान्स्क र एनेरहौदारमा कब्जा जमाइसकेको छ । रुसी सेना युक्रेनको राजधानी कीभ नजिक पुगेका छन् । स्याटेलाइट इमेजिङ कम्पनी म्याकसर टेक्नोलोजिजले जारी गरेको तस्बिरमा रुसको सेना राजधानीबाट मात्र २७ किलोमिटर टाढा रहेको एन्टोनोभ विमानस्थलमा पुगिसकेका छन् ।
अमेरिकी रक्षा विभाग पेन्टागनका अनुसार युक्रेन बोर्डरमा तैनाथ करिब ७५ प्रतिशत सैनिक युक्रेनमा प्रवेश गरिसकेका छन् । संयुक्त राष्ट्रका अनुसार युद्ध सुरु भएपछि युक्रेन ५.२० लाख नागरिकले अर्को देशमा शरण लिएका छन् भने १.६० लाख नागरिक आन्तरिक विस्थापित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा