आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

महायज्ञ उद्घाटन गर्न आज राैतहट जाँदै ओली

मङ्गलबार, १७ फागुन २०७८, ०८ : ५३
मङ्गलबार, १७ फागुन २०७८

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज बिहान राैतहट जाँदैछन् । माैलापुरमा आयाेजना हुन लागेकाे मधानी महायज्ञको उद्घाटन गर्न ओली रौतहट जान लागेका हुन् ।

मौलापुरका मेयर रिनाकुमारी साहकाे नेतृत्वमा बालकोट पुगेको टोलीले मौलापुरमा हुने महायज्ञको प्रमुख अतिथिका रूपमा आएर उद्घाटन गर्न अनुरोध गरेको थियो ।

मौलापुर-५ पतौरास्थित पुरातात्त्विक महादेव मन्दिरमा महाशिवरात्रिको अवसरमा नगरपालिकाको आयोजनामा महायज्ञ हुन लागेको हो ।

महायज्ञमा नायक राजेश हमाल लगायत कलाकारको प्रस्तुति रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप