मन्त्रीलाई हराउँदै माओवादी केन्द्र सुदूरपश्चिम अध्यक्ष बने उत्सव
मङ्गलबार, १७ फागुन २०७८, ०८ : ३५
नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी भएका छन् । कैलालीका उत्सवले सुदूरपश्चिम सरकारका पर्यटन मन्त्रीसमेत रहेका दार्चुलाका मानबहादुर धामी 'सन्तोष'लाई हराएका हुन् ।
चाैधरी राष्ट्रियसभा सदस्य पनि हुन् । कुल २१० मत खसेकाेमा चौधरी ११४ मत र धामीले ९३ मत पाएका हुन् ।
उपाध्यक्षमा अक्कल रावल, मानसिंह माल र रणबहादुर कुँवर विजयी भएका छन् । त्यस्तै सचिवमा जनक बुढा निर्वाचित भएका छन् भने सहसचिव नन्दबहादुर साउँद 'राजेन्द्र' रामबहादुर देवकर र अन्जिता श्रेष्ठ चयन भए ।
कोषाध्यक्षमा कमलकुमारी शाह (शाही) विजयी भएकी छन् । माओवादी केन्द्र सुदूरपश्चिमले अधिवेशन उद्घाटनकाे तीन महिनापछि निर्वाचनबाट नयाँ नेतृत्व पाएकाे हाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि