रुस—युक्रेन वार्तामा के भयो ?
मङ्गलबार, १७ फागुन २०७८, ०७ : ५३
युक्रेन संकटलाई लिएर युक्रेन र रुसी अधिकारीहरूबीच सम्पन्न पहिलो चरणको वार्ता सकिएको छ । युक्रेन र बेलारुसको सीमामा भएको सो वार्ताले खासै नतिजा नल्याएको प्राप्त विवरणहरुमा जनाइएको छ ।
थप परामर्श गरेर फेरि दोस्रो चरणको वार्ता गर्ने सहमति भएको थियो । वार्तामा युक्रेनले युद्धविरामको प्रस्ताव गरेको र रुसले त्यसलाई ठाडै अस्वीकार गरेको बताइएको छ ।
दोस्रो चरणको वार्ता अघि दुबै देशका अधिकाहरुी थप छलफलका लागि सम्बन्धित देशको राजधानी फर्किएको युक्रेनी राष्ट्रपतिका सल्लाहकारले जनाएका छन् । तत्काल युद्धविराम गर्न र रुसी फौजलाई फिर्ता गर्ने विषयमा छलफल गर्ने उदेश्यसहित दुई पक्षबीच वार्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?
-
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
-
अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छ : मन्त्री पौडेल
-
५० हजार भक्तजनले गरे दुप्चेश्वर दर्शन