सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस मकवानपुरको सभापति पदको मतगणना सुरु

सोमबार, १६ फागुन २०७८, २३ : ३२
सोमबार, १६ फागुन २०७८

नेपाली काँग्रेस मकवानपुरको सभापति पदको मतगणना सुरु भएको छ । सोमबार साँझ मतदान सकिए लगत्तै  मतगणना सुरु भएको हो ।

नेपाली कांग्रेस जिल्ला निर्वाचन समितिका अनुसार सोमबार मध्यान्ह १२ बजेबाट सुरु भएको मतदान साँझ ६ बजे सम्पन्न भएको थियो । सभापति सहित कुल ४८ पदको लागि भएको मतदानमा १ हजार ७ सय ७५ मत खसेको थियो ।
यो पटक कांग्रेस मकवानपुरको नेतृत्वको लागि तिन जनाले सभापतिमा उम्मेदवारी दिएका छन् । संस्थापन पक्षबाट बुद्ध लामा, आनन्दराम पराजुली तथा संस्थापन इतरबाट जयराम लामिछानेले सभापतिमा प्यानल सहित उम्मेदवारी दिएर मैदानमा होमिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप