माओवादीले जोड नदिएको भए एमसीसी जस्ताको तस्तै पास हुने थियो : पूर्वमन्त्री दुलाल
बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलालले माओवादीले जोड नदिएको भए एमसीसी जस्ताको तस्तै पास हुने बताएका छन् । उनले एमसीसीमा रहेको केही विवादास्पद बुँदाहरू परिमार्जन गरेर मात्र पास गर्नका लागि माओवादीको नेतृत्वमा व्याख्यात्मक घोषणा तयार पारिएको बताए ।
उनले व्याख्यात्मक घोषणासहित एमसीसी पारित भएपछि देश दुर्घटनाबाट बचेको समेत दाबी गरे । फटकशिला माध्यमिक विद्यालयको वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै दुलालले सामुदायिक विद्यालयमा गुणस्तर भए मात्र विद्यार्थी सक्षम हुने र देश विकास हुने बताए ।
यसका लागि विद्यालय प्रशासन, व्यवस्थापन समिति, शिक्षक अभिभावक र विद्यार्थी स्वयंले पनि गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने उनको भनाइ थियो। कार्यक्रममा माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य चन्द्रबहादुर थापा, मेलम्ची १३ का वडा अध्यक्ष देवेन्द्र घोरासैनीलगायतले शुभकामना व्यक्त गरेका थिए ।