बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

धरान काँग्रेसमा सल्लाहकार, सदस्य र विभागीय संयोजक मनोनीत

सोमबार, १६ फागुन २०७८, २२ : २६
सोमबार, १६ फागुन २०७८

नेपाली काँग्रेस धरान उपमहानगर समितिका सचिव जितेन्द्र राईलाई पार्टीको प्रवक्ता तथा प्रचार प्रसार समितिको संयोजकको जिम्मेवारी दिइएको छ । काँग्रेस उपमहानगर समितिको धरान १५ स्थित होटल धरान किचनमा सभापति श्याम पोख्रेलको सभापतित्वमा आज बसेको दोस्रो पूर्ण बैठकले विभिन्न विभागहरू गठन गर्नुका साथै पार्टीका सल्लाहकार र सदस्यहरू मनोनीत गरेको हो । 

उपसभापतिद्वय नरेन्द्र कुमार राई (प्रवीण)लाई संगठन विभाग संयोजकको जिम्मेवारी दिइएको छ भने सन्तोष लिम्बुलाई अव्यवस्थित बसोबास संरक्षण समन्वय समिति संयोजकको जिम्मेवारी दिइएको छ । यस्तै, अर्का सचिव हिमाल श्रेष्ठलाई भातृ संघसंस्था समन्वय समिति संयोजकको जिम्मेवारी दिइएको छ । सहसचिवद्वय शिला बज्राचार्यलाई महिला विभाग संयोजकको दिइएको छ भने यूनेश राणामगरलाई स्थानीय विकास समन्वय समिति संयोजकको जिम्मेवारी दिइएको काँग्रेस धरान उपमहानगर समितिले जनाएको छ । 

यस्तै, कोषाध्यक्ष पञ्चकला राईलाई आर्थिक विभाग संयोजकको जिम्मेवारी दिइएको छ । उक्त बैठकमा तत्कालीन नगरका कोषाध्यक्ष सुवर्ण श्रेष्ठले आर्थिक आय व्यय प्रस्तुत गर्दै हिसाब किताब कोषाध्यक्ष राईलाई हस्तान्तरण गरेका थिए । 

यस्तै, संघसंस्था समन्वय समिति, स्वास्थ्य तथा विपद् व्यवस्थापन समिति, शुभेच्छुक संघसंस्था समन्वय समिति, शिक्षागत संघसंस्था समन्वय समिति, बुद्धिजीवी समन्वय समिति, खेलकुद समन्वय समिति, शान्ति सुरक्षा समन्वय समिति, कला तथा सांस्कृतिक समन्वय समिति, धार्मिक संघसंस्था समन्वय समिति, वन तथा वातावरण समिति र अन्तरपार्टी समन्वय समितिको विभागीय संयोजकको जिम्मेवारी दिइएको काँग्रेस धरान उपमहानगर समितिले जनाएको छ ।

यस्तै, दोस्रो पूर्ण बैठकले सल्लाहकारहरू पनि मनोनीत गरेको छ । यस्तै, काँग्रेसको विधान अनुसार ३३ जना नगर सदस्य मनोनीत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप