आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

धनुषा :  डेढ महिनामा ९ वटा बालविवाह रोकियो

सोमबार, १६ फागुन २०७८, २२ : २०
सोमबार, १६ फागुन २०७८

धनुषा प्रहरीले डेढ महिनाको अवधिमा ९ वटा बालविवाह रोक्न सफल भएको जानकारी दिएको छ । माघ महिनामा ३ र फागुनको १५ गतेसम्ममा ६ वटा बालविवाह रोक्न सफल भएको प्रहरीले बताएको हो ।

धनुषाको शहिदनगर नगरपालिका, लक्ष्मीनिया गाउँपालिका, धनुषाधाम नगरपालिका, सबैला नगरपालिका, विदेह नगरपालिका, जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकामा बालविवाह रोक्न सफल भएको धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत बताउँछन्। सबैभन्दा बढी बालविवाह विदेह नगरपालिकामा भएको उनको भनाइ छ ।

बस्नेतले भने, ‘बालविवाह हुँदैछ भन्ने गोप्य सूचना प्राप्त हुनासाथ  तत्काल प्रहरी टोली खटाएर अभिभावक, न्यायिक समिति, नागरिक समाज, महिला समूहलगायतका व्यक्तिहरूसँगको समन्वयमा बाल विवाह हुनबाट रोकेका हौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप