आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

वैशाख १० सम्म पूर्ण खोपको व्यवस्था गर्न सरकारलाई निर्वाचन आयोगको निर्देशन

सोमबार, १६ फागुन २०७८, २१ : ४६
सोमबार, १६ फागुन २०७८

निर्वाचन आयोगले स्थानीय चुनावका लागि वैशाख १० सम्म कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगको सोमबार बसेको बैठकले वैशाख ३० मा हुन लागेको स्थानीय चुनावलाई ध्यानमा राखेर यस्तो निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार  ५९.९ प्रतिशतले पुर्ण मात्रा खोप लगाएका छन् भने पहिलो मात्र लगाउनेको संख्या कुल जनसंख्याको  ७३.९ प्रतिशत  रहेको मन्त्रालयले जनाएको छ । अहिले वुस्टर जोड लगाउने क्रमसमेत चलिरहेको छ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि ८० वटा राजनीतिक दलले आयोगमा निवेदन दिएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप