सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

नक्कली कागजात बनाएर विदेश पठाउने ५३ म्यानपावर कम्पनीलाई जरिवाना

सोमबार, १६ फागुन २०७८, २१ : ०८
सोमबार, १६ फागुन २०७८

वैदेशिक रोजगार न्यायाधीकरणले नक्कली कागजात बनाएर विदेश पठाएको ठहर गरी ५३ वटा म्यानपावर कम्पनीका सञ्चालकलाई कैद तथा जरिवाना गर्ने फैसला गरेको छ । वैदेशिक रोजगार न्यायाधीकरणका अध्यक्ष रमेशकुमार खत्री तथा सदस्यद्वय निशा बानियाँ र डा.गोपिचन्द्र भट्टराईको इजलासले ५३ वटा म्यानपावर सञ्चालकलाई नक्कली कागजात बनाएर विदेश पठाएको ठहर गर्दै छ महिना कैद र रु एक लाख जरिवाना हुने फैसला गरेको हो ।

इजलासले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४७ ९१० को कसुर गरेको ठहर गरी छ महिना रु एक लाख जरिवाना गर्ने फैसला गरेको हो । इजलासले नक्कली कागजात तयार गर्ने कम्पनीको सञ्चालक शेरबहादुर महर्जनलाई तीन महिना कैद र रु ५० हजार सजाय गर्ने फैसला सुनाएको छ भने उक्त कम्पनीमा काम गर्ने कर्मचारीलाई अनिलकुमार महर्जनलाई भने सफाइ दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप