वीरेन्द्रनगर अपडेट : उग्र बन्दै बन्दकर्ता, एमाले र काँग्रेस पार्टी कार्यालयमा आगजनी
एमसीसी विरूद्ध आन्दोलनमा उत्रिएका बन्दकर्ताहरूले सुर्खेतस्थित नेकपा एमाले र काँग्रेसको पार्टी कार्यालयमा ढुंगामुढा गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतकाअनुसार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बन्दकर्ताले नेकपा एमाले र नेपाली काँग्रेसको पार्टी कार्यालयमा पुगेर ढुंगामुढा गरेका हुन् । उक्त ढुंगामुढाबाट कार्यालयको भौतिक सामानमा क्षति समेत पुगेको छ ।
यस्तै,बन्दकर्ताले कार्यालयमा आगो लगाउने प्रयास समेत गरेका छन् । साथै उनीहरूले यस अघि वीरेन्द्रनगरका मुख्य चोक मंगलगढी र यरीचोकमा आन्दोलन गर्दै सुरक्षामा खटिएका प्रहरीमाथि समेत ढुंगामुढा गरेका थिए । प्रहरी र बन्दकर्ताबीच झडप भएपछि नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी अश्रुग्यास समेम हानेको थियो भने केही बन्दकर्तालाई नियन्त्रणमा समेत लिएको छ ।
विप्लवसहित ६ राजनीतिक दल र दुई मोर्चाले गरेको बन्दका कारण सुर्खेत केही समय तनावग्रस्त बनेको छ भने आन्दोलन नियन्त्रण बाहिर गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण