एमसीसीको विरोधमा आन्दोलन चर्किएपछि सुर्खेतको वीरेन्द्रनगरमा कर्फ्यू

सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरिएको छ । अमेरिकी सहयोग सम्झौता, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदनको विरोधमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा यस्तो आदेश जारी गरेको हो ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा सोमबार साँझ नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको थियो । एमसीसी विरोधी प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले आज बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५ सय मिटर क्षेत्रसम्म कर्फ्यू लाग्ने छ । सोमबार बन्दकर्ता र सुरक्षाकर्मीबीच झडपसमेत भएको थियो । भीड नियन्त्रणका लागि प्रहरीले तीन दर्जन भन्दा बढी राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नो केबलकार समूह’ लाई फेरि वार्तामा बोलायो सरकारले
-
नेतृत्व टीम नबदलिएसम्म पार्टी निर्माण हुन सक्दैन : जनार्दन शर्मा
-
सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप मंगलबारदेखि
-
ऊर्जाराज्यमन्त्री भन्छन्– कुलमानलाई हटाउन हुँदैन
-
रिंकुकुमारीको न्यायका लागि अखिल क्रान्तिकारीले गर्यो माइतीघरमा प्रदर्शन (तस्बिरहरु)
-
प्रहरी कुट्ने अखिलका नेता जोशीसहित ५ जनालाई धरौटीमा रिहा गर्न आदेश