शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पुटिन थप आक्रामक, लगाए ३६ देशमाथि हवाई प्रतिबन्ध !

सोमबार, १६ फागुन २०७८, २० : ४१
सोमबार, १६ फागुन २०७८

युक्रेन अतिक्रमण थालेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिन थप आक्रामक बनेका छन् । पाँच दिन लामो युद्धपछि युक्रेनसँग बेलारूसको सीमामा वार्ता गरिरहँदा रूसले ३६ देशका हवाई कम्पनीमाथि उडान प्रतिबन्ध लगाएको छ । 

रूसले लगाएको प्रतिबन्ध भोग्नेमा बेलायत, जर्मनी, स्पेन, इटली र क्यानडा पनि छन् । यूरोपेली संघ (ईयू) ले रूसी स्वामित्व रहेका, रूसमा दर्ता भएका र नियन्त्रण रहेका विमान कम्पनीहरूलाई आफ्नो हवाई क्षेत्रमा उपस्थिति जनाउन रोक लगाएसँगै पुटिन नेतृत्वको रूसले २६ देशका हवाई कम्पनीमाथि आफ्नो भूभागमा उडान भर्न रोक लगाएको हो । 

युक्रेनमाथि आक्रमण थालेपछि बेलायतले रूसी एअरफ्लोट विमानलाई उडानमा प्रतिबन्ध लगाएको थियो । यसको जवाफमा रूसले पनि ब्रिटिस एअरलाइन्सलाई उडान प्रतिबन्ध लगाइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप