बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

लोसपाद्वारा २८ भातृ संगठन गठन

सोमबार, १६ फागुन २०७८, २० : ३५
सोमबार, १६ फागुन २०७८

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पार्टीका विभिन्न २८ वटा भातृ संगठन गठन गरेको छ ।  

शीर्ष नेताहरुको फागुन १० र ११ गते बसेको बैठकले भातृ संगठन, जनवर्गीय तथा शुभेच्छुक संगठन गठन गरिएको लोसपा पार्टी कार्यालयले जनाएको छ । लोकतान्त्रिक विद्यार्थी, युवा, महिला, प्रध्यापक, बुद्धिजीवी, शिक्षक, किसान, भुपू कर्मचारी, मुस्लिम, दलित, आदिवासी जनजाति, कलाकार, ट्रेड युनियन, पत्रकार, थारु, नाइ, अपाङ्ग, भुपू प्रहरी, सैनिक, मजदुर, इन्जिनियर, कानुन व्यवसायी, खेलकुद, सहकारी संघ लगायतका संगठन गठन गरेको छ ।

यी संगठनहरुको कार्य समिति पछि समायोजन गर्ने बताइएको छ । त्यसैगरि, सोही बैठकले पार्टीको अन्तरिम विधान संशोधन गर्ने निर्णय पनि गरेको छ । विधानको ड्राफ्ट तयार गरी अध्ययन गर्ने कार्य भइरहेको छ । अर्को बैठकबाट त्यसलाई अन्तिम रुप दिने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप