मुलुक निर्वाचनमय भएको छ : आयुक्त तुलाधर

निर्वाचन आयुक्त डा.जानकी तुलाधरले मुलुक स्थानीय तह निर्वाचनमय भएको बताएकी छन् । नेपाल मतदाता अधिकार मञ्चद्वारा आज आयोजित निर्वाचन प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटनमा उनले निर्वाचनको मिति नजिकिएसँगै दायित्व र जिम्मेवारी बढिरहेको धारणा व्यक्त गरे । आयुक्त तुलाधरले भनिन्, “निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय तुल्याउन आयोग अघि बढेको छ, प्रशिक्षणले मतदाताको अर्थपूर्ण सहभागिता र बदर मत घटाउन योगदान दिनेछ ।”
पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनलाई विश्वसनीय र शुद्धता कायम गर्न तथा मतदानका समयमा हुने मनोवैज्ञानिक त्रास हटाउन सबै पक्ष मिलेर काम गर्न आवश्यक भएको बताए । उनले भने, “पछिल्लो समय सामाजिक सञ्जाल सूचना प्रवाह गर्ने सन्दर्भमा बरदान र अभिसाप दुवै भएको छ, हाम्रो जस्तो मुलुकमा अफवाह र हल्लाका आधारमा धेरै काम हुने गर्छ, सत्य र असत्यको परीक्षणपछि मात्र सूचना दिँदा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ र भयसहित तुल्याउन सकिन्छ ।”
निर्वाचनका समयमा प्रवाह हुने भ्रमपूर्ण सूचना र दुष्प्रचारलाई रोक्न इन्टरनेटमा जोडिएको ठूलो सङ्ख्याका मतदातालाई समयमै सजग र सेचत गराउन आवश्यक रहेको बताउँदै उनले मित्थ्या समाचारले लोकतन्त्रलाई चुनौति, मतदातालाई अन्योल र उम्मेदवारको चरित्र हत्यामा असर गर्ने भएकाले त्यसप्रति सरकार र सबै पक्ष गम्भीर हुन जरुरी रहेको धारणा व्यक्त गरे ।
आयोजक संस्था नेपाल मतदाता अधिकार मञ्चका उपाध्यक्ष निर्मला शर्माले निर्वाचनको बेला सूचना प्रविधिको प्रयोग सदुपयोग र दुरुपयोगको गहन अध्ययन र विश्लेषण गरी सकारात्मक पक्षलाई आत्मसात गर्न आवश्यक रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी
-
घरजग्गा कारोबारले गति लिँदै, मंसिरमा मात्रै ४५ प्रतिशतले बढ्यो
-
इप्पानले माघ ४ गते रजत जयन्ती मनाउँदै
-
लोसपामा फेरि थपिए ६ जना केन्द्रीय सदस्य
-
सुर्खेतमा घरभित्रै निसास्सिएर आमा–छोराको मृत्यु, छोरी घाइते